April 17, 2026, Friday
२०८३ बैशाख ४, शुक्रबार
इजाजत प्राप्त हातहतियार बुझाउन जिल्ला प्रशासन कार्यालय सल्यानको आग्रह

इजाजत प्राप्त हातहतियार बुझाउन जिल्ला प्रशासन कार्यालय सल्यानको आग्रह

११ चैत , सल्यान।

जिल्ला प्रशासन कार्यालय सल्यानले इजाजत प्राप्त हातहतियार बुझाउन आग्रह गरेको छ ।

आउदो बैशाख ३० गते हुने स्थानीय तहको चुनावलाई भयरहित,निष्पक्ष र शान्तिपूर्ण ढंगले संचालन गर्ने अभिप्रायले आफुसङ्ग भएको जुन सुकै इजाजत प्राप्त हातहतियार बुझाउन अनुरोध गरेको हो।

शुक्रबार एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय सल्यानले जिल्ला भित्र रहेका इजाजत प्राप्त हातहतियारहरु यहि चैत मसान्तसम्म आफू नजिकैको प्रहरी एकाइमा बुझाउन र उक्त हातहतियार निर्वाचन पश्चात् फिर्ता गर्ने कुरा सूचनामा उल्लेख छ।