September 23, 2026, Wednesday
२०८३ आश्विन ७, बुधबार
सल्यानको बागचौरमा सहिदको सम्झनामा  प्रतीक्षालय सिलान्यास

सल्यानको बागचौरमा सहिदको सम्झनामा प्रतीक्षालय सिलान्यास

९ चैत, सल्यान।

सल्यानको बागचौर नगरपालिका वडा नं. ४ मा प्रतीक्षालय सिलन्यास गरिएको छ।

प्रतीक्षालयको नगर प्रमुख लोकमान बुढाथोकी द्वारा सिलान्यास गरिएको हो।

वडाको लौराबाङ्ग बाँसखोलामा तत्कालीन राज्यसत्ताद्वारा हत्या गरिएका महान सहिदको सम्झनामा उक्त प्रतीक्षालय निर्माण हुन लागेको हो।

कमरेड झलकमान पुन सहित उनकी श्रीमती विमला पुन (क.चेतना) र छोरी लक्ष्मी पुन (क.सदिच्छा) को सम्झनामा प्रतीक्षालय बन्नेछ।

द्वन्द्वको क्रममा २०६१ साल असोज २५ गते घरबाट बाँसखोला नजिक ल्याएर एकै घरका तीन जना कमरेडहरुलाई गोली हानी हत्या गरिएको थियो ।