July 26, 2026, Sunday
२०८३ श्रावण १०, आईतवार
यस्तो अवस्थामा भेटिएको थियो, उडेको तीन मिनेटमै सम्पर्क विच्छेद भएको हेलिकप्टर

यस्तो अवस्थामा भेटिएको थियो, उडेको तीन मिनेटमै सम्पर्क विच्छेद भएको हेलिकप्टर

नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर–७ सूर्यचौरमा हेलिकप्टर दुर्घटना भएको छ।

जिल्ला प्रहरी कार्यालयका नुवाकोटका अनुसार एयर डाइनेस्टीको हेलिकप्टर सूर्यचौरमा दुर्घटनामा परेको हो।

प्रहरीले हेलिकप्टरमा सवार चार यात्रु र चालकको मृत्यु भएको जानकारी दिएको छ।

प्रहरीले घटनास्थलबाट चार पुरुष र एक महिलाको शव फेला परेको जनाएको छ। हेलिकप्टरमा क्याप्टेन अरुण मल्लसहित चिनियाँ पर्यटकहरु जुदाड टाङ, जी लि, जेमिङ सी र यियाद वु (महिला) सवार थिए।

त्यहाँस्थित प्रत्यक्षदर्शीले हेलिकप्टर रुखमा ठोक्किएर आगो लाग्दै झरेको बताएका छन्।

दुर्घटना स्थलका केही तस्बिरहरु