घाँस काटदै गर्दा रुख बाट लडेर सल्यानमा एक पुरुषको मृत्यु
सल्यान, १९ माघ ।
सल्यानमा घाँस काट्दै गर्दा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको बागचौर नगरपालिका १० स्यालागाउँका ६० बर्षिय ध्वज बहादुर केसीको शुक्रवार रुखबाट लडेर मृत्यु भएको हो । आफ्नै बारीमा रहेको भिमलको रुखमा घाँस काट्न गएको उनी विहान साढेँ ७ वजेतीर रुखबाट लडेका थिए ।
घाइते उनको परोपकार हस्पिटल श्रीनगरमा उपचार भैरहेकोमा थप उपचारका लागि जिल्ला अस्पताल सल्यानमा ल्याई चेकजाँच गर्दा डाक्टरले दिउसोँ साढेँ २ वजेतीर मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । घटनाका बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।