February 7, 2025, Friday
२०८१ माघ २६, शनिबार
त्रिशुलीमा बेपत्ता बस खोज्न आएको भारतीय टोली आज फिर्ता जाने

त्रिशुलीमा बेपत्ता बस खोज्न आएको भारतीय टोली आज फिर्ता जाने

नारायणगढ–मुग्लिन सडकको केराबारीस्थित त्रिशूली नदीमा देखिएको भनिएको बस्तु बस नभएको पाइएको छ । नदीको बीच भागमा बसको थोरै भाग देखिएको भनि स्थानीयले खबर गरेका थिए । तालिमप्राप्त उद्धार टोलीले हेरेपछि बस नभएको पुष्टि भएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । शनिवार बस खोज्ने क्रममा भारतको नेशनल डिजास्टर रेक्स्यु फोर्स (एनडिआरएफ) ले ल्याएको १९ किलाको चुम्बक त्रिशूली नदीमा हराएको छ । भारतीय टोलीले १९ किलो र १४ किलोको चुम्बक मगाएको थियो ।

सिमलताल दुर्घटनामा परी बेपत्ता भएका बसको खोजीमा सहयोग गर्न आएको भारतीय टोली आज स्वदेश फर्कने भएको छ । एक हप्ताको लागि भनि आएको टोली आज फर्किने भएको हो । उक्त टोलीले नेपालको सशस्त्र प्रहरी र नेपाली सेनासँग मिलेर बेपत्ता बसको खोजी गरेको थियो । प्रजिअ यादवले आजसम्म सक्दो प्रयास गरेपनि उपलब्धी नभएको र एक हप्ताको समय लिएर आएकोले समय पनि सकिएकाले टोली फर्किन लागेको जानकारी दिए । उनका अनुसार भारतीय टोलीलाई सिकाई समिक्षासँगै धन्यवाद दिएर बिदाई गरिँदै छ ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज