June 15, 2026, Monday
२०८३ असार १, सोमबार
पोखरामा स्कूल बस दुर्घटना, एक जना को मृत्यु २२ विद्यार्थी घाइते

पोखरामा स्कूल बस दुर्घटना, एक जना को मृत्यु २२ विद्यार्थी घाइते

पोखरामा स्कुल बस दुर्घटना हुँदा २२ विद्यार्थी घाइते भएका छन् भने एक जनाको मृत्यु भएको छ।

पोखरा महानगरपालिका–२१ फुस्रेखोलाको घुम्तीमा रामदीबाट बिरौटा फर्कने क्रममा एलपी देवकोटा मेमोरियल इङ्लिस स्कुलको बस दुर्घटना भएको हो।

ग १ क ६३१९ नम्बरको बस सडकबाट झन्डै ६० मिटर तल खसेको थियो। बसमा २२ विद्यार्थी र चालक र सहचालक गरी २४ सवार थिए ।

घाइतेहरूको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, गण्डकी मेडिकल कलेज र मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनामा बसका सहचालक आरती विकको मृत्यु भएको पोखरा महानगरपालिका-२१ का वडाध्यक्ष दीपकप्रसाद सुवेदीले जानकारी दिए। वडाध्यक्ष सुवेदीका अनुसार घाइते भएका विद्यार्थीको अवस्था सामान्य छ।