बुबा ८३ वर्ष पुगेको खुसीयालीमा सल्यानका शर्मा दम्पति द्वारा विद्यालयमा लाखौंको अक्षयकोष स्थापना
संजिव शर्मा \ बैशाख १७, सल्यान । सल्यान कुमाख गाउँपालिका वडा नं. ३ को जनता माध्यमिक विद्यालय रागेचौरमा एक दम्पतीले अक्षयकोष स्थापना गरेका छन् । बुवा वीरभद्र शर्मा ८३ वर्ष पुगेको अवसरमा रुकुम पश्चिमको मुसीकोट खलंगा बहुमुखी क्याम्पसका प्रमुख मुकुन्दप्रसाद शर्मा र उनकी श्रीमति यमुना नन्द नमूना मावि मुसीकोट ५ शेरिगाउँमा कार्यरत शिक्षक सुशिला शर्माले एक लाख एक हजार एक सय ११ रुपैंयाको अक्षयकोष स्थापना गरेका हुन ।

शर्मा दम्पतीले विद्यालयमा खडा गरेको “वीरभद्र शर्मा तथा देवकला अक्षयकोष २०७८” बाट हरेक वर्ष माध्यामिक शिक्षा परीक्षा (एसइई) मा उत्कृष्ट अंक ल्याउने एक जना छात्रा र एक जना छात्रलाई अक्षयकोषको लभांशबाट प्राप्त हुने रकम वितरण गरिने छ । बुबा विरभद्र शर्माको प्रेरणा एवम् गारवपुर्ण इतिहासको संरक्षण गर्दै स्थापना गरिएको अक्षयकोषको उद्देश्य शैक्षिक लगानी सबैलाइ प्रेरित गर्दै विद्यार्थीको मनोवल उच्च राख्ने पनि रहेको छ ।

शर्मा दम्पती रुकुम पश्चिमको मुसीकोट नगरपालिकामा बस्दै आएपनि कुमाख गाउँपालिका ३ का स्थायी वासिन्दा हुन। २०५६ सालको एसएलसीमा सवोत्कृष्ट नम्बर ल्याएर उत्तिर्ण भएका मुकुन्द्रप्रसाद शर्माले यो अयक्षकोषबाट एसइई परीक्षामा उत्कृष्ट नम्बर ल्याउनेलाई छात्रवृत्ति प्रदान गरिने बताए ।
अक्षयकोष वाफतको रकम सहित अक्षयकोष संचालन कार्यविधि विद्यालयका प्रध्यानाध्यापक गोरखवहादुर बुढाथोकीलाई हस्तान्तरण गरिएको उनले जानकारी दिए । यसबाट विद्यालयको शैक्षिक विकासमा टेवा पुग्ने विश्वास लिएको क्याम्पस प्रमुख शर्माले बताए । अक्षयकोष स्थापना गर्ने शर्मा दम्पतीलाई विद्यालयले धन्यवाद दिनुका साथै अक्षयकोषको सदुपयोग गर्ने विश्वास दिलाएको छ ।

अक्षयकोषको संरक्षकमा पुर्णदेवी शर्मा, दयाराम शर्मा र इन्द्रराज शर्मा रहेका छन । शर्मा दम्पतीले यसअघि पनि २ वटा अक्षयकोष स्थापना गरिसकेका छन । मुसीकोट खलंगा बहुमुखी क्याम्पसमा १ लाख १५ हजार १५ रुपैंयाको “चन्द्रकान्त, यज्ञश्वर र यमुना शर्मा स्मृति अक्षयकोष तथा राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पश्चिममा १५ हजार १५ रुपैंयाको सुमन सुमना साहित्यिक अक्षयकोष खडा गरेका हुन ।







प्रतिकृया दिनुहोस्