September 20, 2024, Friday
२०८१ आश्विन ४, शुक्रबार
बिहे खर्च बचाएर बिद्यालयको लागि अक्षयकोष

बिहे खर्च बचाएर बिद्यालयको लागि अक्षयकोष

जेठ १, सल्यान । सल्यानमा एक दम्पत्तीले आफ्नो वैवाहिक कार्यक्रम फरक तरिकाले गरेका छन ।

कुमाख गाउँपालिका वडा नं. २ कैनकाँडाका गणेश रावत र वडा नं. ३ गुरुदासैकी मिना रानाले प्रगतिशिल विवाह गरेका हुन ।

उनिहरुले समाजका सबैलाई बोलाएर गरगहना तथा दाइजो दान विना फरक खालको विवाह गरेर विवाह गरेका छन । आइतबार घरमा नै एकआपसमा टिका र माला लगाउने कार्यक्रम पछि भएको कार्यक्रमलाई सम्बोधन गर्दै वेहुला गणेशले विवाहमा हुने खर्च समाजका लागि लगाउन सके सामाजिक प्रतिष्ठा कमाइने बताए ।

समाज परिवर्तन आफैबाट गर्ने भन्दै उनिहरु विवाहमा हुने खर्च कटौति गरेर १ लाख ५ हजारको गणेश मिना वैवाहिक अक्षकोष पनि खडा गरेका छन । उक्त अक्षयकोष वेहुलाले कक्षा १० सम्म अध्यययन गरेको स्थानीय नारायण माविका गरिब, जेहेन्दार र उत्कृष्ट  विद्यार्थीको छात्रवृत्तिमा प्रयोग हुनेछ ।

परम्परादेखी गरिदै आएको विवाहमा गरिने खर्चलाई सामाजिक कार्यमा लगानी गर्दै वैवाहिक सम्बन्धलाई गौरवपूर्ण इतिहासको रुपमा विकाश गर्न उनिहरुले यस्तो गरेको जनाएका छन । २५ बर्ष उमेर पुगेका उनिहरुले हरेक प्रगतिशिल संस्कारलाई अवलम्बन गरेर जाने भन्दै समाजलाई पनि त्यसमा केन्द्रित गर्दै लिने जनाए ।

वैवाहिक कार्यक्रमलाई सम्बोधन गर्दै दुलाह गणेशले प्रगतिशिल संस्कृतिको विकास गरी सभ्य समाज निर्माणको लागि सन्देश प्रवाह गर्न पनि आफुले समाजको अगाडि यो बाटो रोजेको बताए । उनले भने: “म मास्र्कवादी विचारबाट प्रभावित भएको व्यक्ति हु, यो विचार वैज्ञानिक र वस्तुवादी छ र अरुलाइ ज्ञान दिनलाई पनि आफुबाट शुरु गरेको हु।”

अक्षयकोषको लाभान्स (ब्याज) बाट प्राप्त हुन आएको रकमबाट विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई बार्षिक उत्सवको अवसरमा छात्रवृत्ती प्रदान गरिनेछ । नारायण माध्यमिक विद्यालयका प्रधानाध्यापक देवेन्द्र रावतलाई कार्यविधि नै बनाएर अक्षयकोष प्रदान गरिएको छ।

अहिले विद्यलयमा यो सहित यस्तैप्रकारका ३ वटा अक्षयकोष निर्माण भैसेका छन । वेहुला वेहुलीका आमा बुवा, इष्टमित्र, समाज सहित भएको कार्यक्रमम पुर्व मन्त्री तथा संविधान सभा सदस्य टेक बहादुर बस्नेत, स्थानीय राजनीतिक नेतृत्व तथा समाजेसेवीहरुको पनि उपस्थिती रहेको थियो ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज