January 16, 2025, Thursday
२०८१ माघ ३, बिहीबार
तराईका धेरै स्थानमा बाक्लो हुस्सु, उच्च पहाडी र हिमाली भागमा हिमपातको सम्भावना

तराईका धेरै स्थानमा बाक्लो हुस्सु, उच्च पहाडी र हिमाली भागमा हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । साथै तराईका धेरै स्थानमा हुस्सु लागेको छ ।

विभागका अनुसार आज (बिहीबार) दिउँसो कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।