पश्चिम नेपालबाट मौसमी प्रणाली भित्रियो : केही ठाउँमा सामान्य बर्षा
माघ १०, काठमाडौं । पश्चिम नेपालबाट मौसमी प्रणाली प्रवेश गरेको छ । पश्चिमी न्यून चापीय प्रभाव नेपालमा परेको हो ।
मौसमी प्रणाली प्रवेश गरेसँगै सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली भइ केही ठाउँमा हल्का देखि मध्यम बर्षा भइ रहेको रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज राति र बुधबारसम्मै पानीसँगै उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातसमेत हुने सम्भावना छ । कर्णालीका हिमाली जिल्लामा भने बिहानैदेखि हिमपात भइरहेको छ ।
बिहीबार भने मौसम आंशिकदेखि समान्य बदली भए पनि वर्षाको सम्भावना भने न्यून रहेको महाशाखाले जनाएको छ ।
मौसम बदली भइराखे पनि यसपटक हिउँद लागेदेखि नेपालमा पानी पर्न सकेको छैन ।
लेखकको सम्वन्धमा