सल्लाहकार परिषद्को सदस्य बनाएपछि भिम रावलले दिए यस्तो प्रतिक्रिया
पुष ०३, काठमाण्डौ । नेकपा एमालेका नेता भीम रावलले आफूलाई सोध्दै नसोधी केन्द्रीय सल्लाहकार पदको सदस्य नियुक्त गरिएकोमा आपत्ति जनाएका छन । सामाजिक सञ्जाल ट्विटरमार्फत नेता रावलले आफ्नो अनुमति नलिइकन कुनै पनि पदमा नियुक्त गर्नु आपत्तिजनक भएको बताएका हुन ।
रावलले लेखेका छन, ‘मलाई नेकपा एमालेको केन्द्रीय सल्लाहकार परिषद्को सदस्य बनाइएको समाचार सुनियो । यो सत्य हो भने, मलाई सोध्दै नसोधी कुनै पदको टीका लगाइदिनु आपत्तिजनक छ । यस्तो टीके प्रणाली जनताको बहुदलीय जनवाद र लोकतान्त्रिक मान्यताको विपरीत हुन्छ ।’
प्रतिकृया दिनुहोस्