September 17, 2024, Tuesday
२०८१ आश्विन १, मंगलवार
लिङ्देललाई रवीन्द्र मिश्रको अर्थपूर्ण शुभकामना सन्देश : होला त , राप्रपा सँग पार्टी एकता ?

लिङ्देललाई रवीन्द्र मिश्रको अर्थपूर्ण शुभकामना सन्देश : होला त , राप्रपा सँग पार्टी एकता ?

मंसिर २१, काठ्मान्डौं । राप्रपाको भर्खरै सम्पन्न एकता महाधिवेशनबाट निर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देललाई विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले शुभकामना दिएका छन ।

मंगलबार सामाजिक संजाल फेसबुक मार्फत मिश्रले दिएको शुभकामना अर्थपूर्ण छ ।

शुभकामना दिदै मिश्रले नेपाललाई अर्थ-राजनीतिक रुपमा ‘कल्याणकारी’ नरम वामपन्थी एजेण्डा चाहिएको र राजनीतिक-सामाजिकरूपमा नेपाल मूलत: नरम परम्परावादी समाज भएकाले विषाक्त भाष्य निर्माण गरेर नरम परम्परावादी समाजलाई विथोल्ने र विग्रह लेराउने विदेशी तथा विकृत वामवादको चाल चिर्न लिङ्देल विजयले महत्वपूर्ण भुमिका खेल्ने बताएका छन ।

राप्रपा संवैधानिक राजसंस्था र हिन्दु धर्म सापेक्ष राज्य हुनुपर्ने मुल एजेन्डा बोकेको पार्टी हो । पछिल्लो समय मिश्र नेतृत्वको विवेकशील साझा पार्टीले पनि धर्मको बारेमा जनमत संग्रह गर्नु पर्ने र संघीयता खारेज गर्नुपर्ने एजेन्डा बनाएको छन ।

राप्रपाको एजेन्डा सँग मिश्रको एजेन्डा पनि मिल्दोजुल्दो भएकाले आगामी दिनमा राप्रपा र मिश्र नेतृत्वको विवेकशील साझा पार्टी बिच एकता होला कि नहोला भन्ने जिज्ञासा उब्जिएको छ ।

यस्तो छ मिश्रको शुभकामना सन्देश :

राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा निर्वाचित हुनुभएकोमा Rajendra Lingden लाई हार्दिक बधाई तथा शुभकामना अर्पण गर्दछु।

अर्थ-राजनीतिकरूपमा नेपाललाई ‘कल्याणकारी’ नरम वामपन्थी (moderate left) एजेण्डा चाहिएको छ।

तर राजनीतिक-सामाजिकरूपमा नेपाल मूलत: नरम परम्परावादी (moderate conservative) समाज हो। त्यसलाई अस्विकार गरेर समाज रूपान्तरण गर्न सकिँदैन।

विषाक्त भाष्य निर्माण गरेर नरम परम्परावादी समाजलाई विथोल्ने र विग्रह लेराउने विदेशी तथा विकृत वामवादको चाल चिर्न तपाईंको विजयले महत्वपूर्ण भूमिका खेल्नेछ ।

 

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज