February 9, 2025, Sunday
२०८१ माघ २७, आईतवार
एमालेले प्रचण्डलाई लक्षित गरेर चितवनमा महाधिवेशन गर्दैछ भन्नू हास्यास्पद : शाह

एमालेले प्रचण्डलाई लक्षित गरेर चितवनमा महाधिवेशन गर्दैछ भन्नू हास्यास्पद : शाह

मंसिर ९, सल्यान । नेकपा (एमाले)का केन्द्रिय सदस्य तथा कर्णाली प्रदेश संसदिय दलका प्रमुख सचेतक गुलावजंग शाहले नेकपा एमालेले प्रचण्डलाई लक्षित गरेर चितवनमा महाधिवेशन गर्दैछ भन्नू हास्यास्पद भएको बताएका छन ।

बुधबार माउन्टेन टेलिभिजनको कार्यक्रम ‘समाज – सन्दर्भ’मा अन्तरवार्ता दिदै नेता शाहले नेकपा (एमाले)ले कोहि व्यक्ति र पार्टी प्रति लक्षित भएर महाधिवेशन गर्नुपर्ने अवस्था नभएको बताएका हुन ।

यसभन्दा अघिल्ला महाधिवेशनहरू जनकपुर, नेपालगन्ज, बुटवल र काठ्माण्डौमा गरेको स्मरण गराउदै नेता शाहले यसपटक १० औं महाधिवेशनको लागि चितवन छनौट हुनु स्वभाविक भएको बताएका हुन ।

नेकपा (एमाले)ले चितवनमा मास उतार्न धेरै खर्च गरेको भन्ने प्रस्तुताको प्रश्नको जवाफमा नेता शाहले नेकपा (एमाले) सुविचारित र सुसंगठित पार्टी भएकोले चितवनमा दशौं महाधिवेशन भव्य बनाउन स्वस्फूर्त कार्यकर्ताहरू सहभागी हुने र त्यसका लागी पार्टीले तल्लोतह सम्म प्रचार पुर्याउने बताए ।

उनले भने -” नेकपा (एमाले)का साडे आठ लाख पार्टी सदस्य छन । देशभर बाट पार्टी सदस्यहरू मात्रै आएपनी चितवनमा राख्ने ठाउँ हुदैन । उनिहरूले महाधिवेशनको लागि रू. १०० सहयोग गरेजस्तै छुट्टै १००० वा २००० रुपैयाँ व्यक्तिगत खर्च गरेर महाधिवेशनमा जान्छु भन्न सक्छन  ।”

महाधिवेशनमा आफुले कुन पदमा उम्मेदवारी दिने भन्नेबारे मंसिर ११ गते नै थाहा हुने उनले बताए ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज