सल्यान कांग्रेस अधिबेशन : ८०० मत गणना हुदा बिष्टको ३ मतले अग्रता
मंसिर ७, सल्यान । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत नयाँ नेतृत्व चयनको लागि सल्यानमा भएको चुनावी प्रतिस्पर्धामा ८०० मत गणना हुदा सभापति पदमा केशबहादुर बिष्टले अग्रता कायमै गरेका छन ।
८०० सय मत गणना हुदा सभापतिमा बिष्टले ३९५ मत पाएका छन भने अर्का उम्मेदवार धुर्वराज पुरीले ३९२ मत पाएका छन । पुरी भन्दा बिष्ट ३ मतले अगाडी रहेका छन ।
उपसभापतिमा केसी र देवकोटा
त्यस्तै उपसभापति पदमा बिष्ट प्यानलका सन्तोष केसी र पुरी प्यानलका चक्र देवकोटाले अग्रता कायम गरेका छन । ८०० मत गणना हुदा केसीले ३९७ मत पाएका छन भने देवकोटाले ३६७ मत सहित दोस्रो स्थानमा छन ।
उपसभापति पदमै बिष्ट प्यानलका गोपाल बुढाथोकी ३५३ मत पाएका छन भने पुरी प्यानलका डिल्ली बहादुर बुढाथोकी ३५७ मत पाएका छन ।
त्यस्तै सचिव पदमा पुरी प्यानलका प्रकाश भण्डारी र बिष्ट प्यानलका एकराज बुढाथोकीले अग्रता लिएका छन । सचिवमा ८०० मत गणना हुदा प्रकाश भण्डारी ४४५ मत सहित पहिलो स्थानमा छन भने ३७२ मत सहित बुढाथोकी दोस्रो स्थानमा छन ।
सचिवमै ३६६मत सहित बिष्ट प्यानलका डिल्ली जैसी तेस्रो र ३१६ मत सहित पुरी प्यानलका लोकराज आचार्य चौथो स्थानमा छन ।
त्यस्तै सहसचिव पदमा पुरी प्यानलका जनकराज गौतम ३९८ मत सहित पहिलो स्थानमा छन भने ३७८ मत सहित बिष्ट प्यानलबाट खिमबहादुर रावत दोस्रो स्थानमा छन । सहसचिवमै बिष्ट प्यानलका बुद्धिप्रकाश हमाल ३७७ मत सहित तेस्रो स्थानमा छन भने ३६३ मत सहित पुरी प्यानलका पदम बुढाथोकी चौथो स्थानमा छन ।
सोमबार भएको निर्वाचनमा कुल १२ सय ८० मतदाता मध्ये १२ सय २७ मत खसेको थियो । गएराती ११ बजेबाट मतगणना सुरु भएको थियो भने मत गणना कार्य जारी रहेको छन ।
अहिले सम्म ८०० मत गणना गर्दाको मत परिणाम यस प्रकार छ ।
सभापति
केश बहादुर बिष्ट ३९५
ध्रुब राज पुरी३९२
उपसभापति
गोपाल बुढाथोकी३५३
चक्र बहादुर देवकोटा.३६७
दिल्ली बहादुर बुढाथोकी३५७
सन्तोष के।सी ३९७
सचिब
प्रकाश भण्डारी४४५
लोक राज आचार्य ३१६
एक राज बुढाथोकी ३७२
दिल्ली प्रसाद जैसी३६६
सहसचिब
खिम बहादुर रावत.ं३७८
जनक राज गौतम.३९८
पदम बहादुर बुढाथोकी ३६३
बुद्धि प्रकाश हमाल ः ३७७
प्रतिकृया दिनुहोस्