July 14, 2024, Sunday
२०८१ असार ३१, आईतवार
कपुरकोटमा सल्यान, रोल्पा र दाङ जिल्लावीच अन्तर जिल्ला सुरक्षा समन्वय बैठक सम्पन्न

कपुरकोटमा सल्यान, रोल्पा र दाङ जिल्लावीच अन्तर जिल्ला सुरक्षा समन्वय बैठक सम्पन्न

मंसिर ०२, सल्यान । सल्यान, रोल्पा र दाङ जिल्लावीच अन्तर जिल्ला सुरक्षा समन्वय बैठक कपुरकोटमा सम्पन्न भएको छ ।

बिहिवार गाउँपालिका राष्ट्रिय महासंघ कर्णाली प्रदेशका अध्यक्ष तथा कपुरकोट गाउँपालिका अध्यक्ष भिम बहादुर सेनको प्रमुख आतिथ्यता तथा सल्यान, दाङ र रोल्पाका सिडिओ तथा तीनवटै जिल्लाका सुरक्षा निकायहरु नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानका प्रमुखहरूको सहभागितामा बैठक सम्पन्न भएको हो ।

बैठकमा मन्तव्य राख्दै प्रमुख अतिथी कपुरकोट गाउँपालिकाका अध्यक्ष सेनले शान्ति सुरक्षालाई चुस्त दुरुस्त बनाउने कार्य संगै विग्रदो सडक सुधार लगाएत विकास निर्माण संग सम्बन्धीत काममा स्थानीय सरकारसंग पनि प्रभावकारी समन्वय हुनुपर्नेमा जोड दिनुभएको थियो।

बैठकमा वर्तमान सुरक्षा अवस्था, एक जिल्लाबाट अर्को जिल्लालाई हुनसक्ने सुरक्षा चुनौती, सुरक्षा सम्बद्ध सूचनाहरुको आपसी आदान प्रदान, सीमा क्षेत्रमा हुनसक्ने अवैध ओसारपसार नियन्त्रण, सडक सुरक्षा लगायतका समसामयिक विषयमा छलफल भएको सल्यानका सिडिओ लक्ष्मीदेवी हुमागाई खतिवडाले बताउनु भयो ।

सल्यान जिल्लाका प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाई खतिवडाको स्वागत मन्तव्य संगै सुरु भएको बैठकमा दाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, रोल्पाका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा, तीनवटै जिल्लाका सुरक्षा निकायका प्रमुखज्युहरु (नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानका प्रमुखज्युहरु) को सहभागिता रहेको थियो ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज