July 16, 2024, Tuesday
२०८१ श्रावण १, मंगलवार
प्रहरीसँगको भीडन्तमा २६ माओवादीको मृत्यु

प्रहरीसँगको भीडन्तमा २६ माओवादीको मृत्यु

कार्तिक २७, दिल्ली । प्रहरीसँगको इनकाउन्टरमा शनिबार भारतको महाराष्ट्र राज्यस्थित गडचिरोली जिल्लामा कम्तीमा २६ जना माओवादी विद्रोहीको मृत्यु भएको छ । उक्त ठाउँ मुम्बइबाट ९०० किलोमिटर पूर्वमा पर्छ ।

‘हामीले त्यहाँको जंगलबाट २६ वटा शवहरु फेला पारेका छौं’ जिल्ला प्रहरीका प्रमुख अंकित गोयलले एनडीटीभीलाई भने ।

सर्च अप्रेसनमा निस्किएको एसपी सौम्य मुन्डे नेतृत्वको कमान्डो टीमलाई माओवादीले आक्रमण गर्दा उक्त भीडन्त भएको जनाइएको छ । माओवादीका स्थानीय नेतासहित मारिएको एनडीटीभीले जनाएको छ ।

घटनामा गम्भीर ६ प्रहरीलाई उपचारार्थ हेलिकोप्टरमार्फत नागपुर लगिएको छ । भीडन्त भएको उक्त सीमा छत्तीसगढको सीमावर्ती क्षेत्र भएको जनाइएको छ ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज