October 2, 2023, Monday
२०८० आश्विन १६, मंगलवार
अभिनेत्री करिश्मा मानन्धर एमालेमा प्रवेश गर्ने संकेत, यस्तो लेखिन स्टाटस

अभिनेत्री करिश्मा मानन्धर एमालेमा प्रवेश गर्ने संकेत, यस्तो लेखिन स्टाटस

कार्तिक २, काठ्माण्डौ । केही समयअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई फोन गरेको भनेर सामाजिक सञ्जालमार्फत खुसी प्रकट गरेकी अभिनेत्री करिश्मा मानन्धरले एमालेमा प्रवेश गर्ने संकेत गरेकी छन्।

मंगलबार दिउँसो फेसबुकमा उनले केपी शर्मा ओलीसमेतको नाम देखिने मोबाइल कलको स्क्रिनसट सेयर गर्दै लगत्तै ‘उहाँलाई अवश्य भेट्नेछु’ भनेकी हुन्।

हेर्नुहोस् तल करिश्माले लेखेको स्टाटस र फोन कलको स्क्रिनसट–

अलि तल केपी शर्मा ओलीको नाम पनि छ।

यसमा एक जनाले यस्तो कमेन्ट गरेका छन्।

एकपटक उनले केपी शर्मा ओलीले आफूलाई फोन गरेको भनेर यस्तै स्क्रिनसट राख्दा ‘इनकमिङ’ होइन, ‘आउटगोइङ’ देखिएपछि फेसबुक प्रयोगकर्ताले कमेन्टमा उल्लीबिल्ली पारेका थिए।

माथिको स्टाटस (बा यत्तिकै भएको होइन रहेछ ) र स्क्रिनसटलगत्तै करिश्मा मानन्धरले अर्को स्टाटस लेखेकी छन्, ‘कोही राजनीतिक व्यक्तित्वले कुनै क्षेत्रका व्यक्तिलाई सराहना गर्नु राम्रो संस्कार हो।यो हाँस्ने कुरा होइन। वहाँलाई अवश्य भेट्नेछु।’

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज