September 23, 2026, Wednesday
२०८३ आश्विन ७, बुधबार
एमाले रोज्नुको मुख्य कारण अध्यक्ष ओलि : अभिनेत्री करिश्मा मानन्धर

एमाले रोज्नुको मुख्य कारण अध्यक्ष ओलि : अभिनेत्री करिश्मा मानन्धर

८ चैत ,काठमाडौ ।

अभिनेत्री करिश्मा मानन्धरले एमाले रोज्नुको मुख्य कारण अध्यक्ष ओलि रहेको बताएकि छिन।

मंगलबार नेकपा एमालेमा प्रवेश गर्दै अभिनेत्री मानन्धरले पार्टी प्रवेश गर्नुको पहिलो कारणको रुपमा उनले अध्यक्ष केपी शर्मा ओलीलाई कारण देखाइन् ।

“ओलीजीलाई फुर्काउन भनेकी होइन । नेता भनेको जनताको पथप्रदर्शक हो । ओलीमा त्यो प्रतिबद्धता र कुशलता पाउँछु । ओलीको इनर्जी देखेर ताजुब भएकी छु,” पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले भनिन् ।

एमालेले मुलुकको परिवर्तन र समृद्धिको सही एजेन्डा बोकेकाले आफूले पार्टी प्रवेश गर्ने निर्णय लिएको उनले बताइन् । तेस्रो कारणमा अधिकांश नेपाली नागरिकले एमालेसँग सद्भाव राख्ने भन्दै उनले यो पार्टी रोजेको बताइन् ।

करिश्माले अगाडि भनिन्, “अब एमालेमा रहेर राजनीतिमा अघि बढ्ने अठोट गरेकी छु” । यही अठोट लिएर मुलुकको समृद्धिको दिशामा अघि बढ्छु ।

आफू नितान्त एमालेको कार्यकर्ता भएर कार्यकर्तासँग जोडिन आइपुगेको उनले बताइन् ।