April 17, 2026, Friday
२०८३ बैशाख ४, शुक्रबार
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने

बैशाख १९, काठ्माण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने भएका छन्।

मन्त्रिपरिषद् बैठकमा सहभागी एक मन्त्रीका अनुसार प्रधानमन्त्री ओलीले आजको बैठकमा उनले विश्वासको मत लिन लागेको जानकारी गराएका हुन्।

आज आकस्मिक रुपमा बसेको नेकपा एमालेको स्थायी कमिटीको बैठकमा पनि प्रधानमन्त्री ओलीले यसबारे संकेत गरेका थिए।

स्थायी कमिटीको बैठकलगत्तै प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास पुगेका थिए।

प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिन्छु भनी प्रस्ताव पेस गरेमा सो प्रस्ताव प्रतिनिधि सभामा रहेका बहुमत सदस्यद्वारा स्वीकृत हुनुपर्छ।

बहुमत प्राप्त हुन नसकेमा प्रधानमन्त्री पदमुक्त हुनेछन्।

हाल संसद अधिवेशन अन्त्य गरिएको छ तर जेठ १५ मा बजेट ल्याउनैपर्ने संवैधानिक प्रावधानका कारण अब छिट्टै संसद अधिवेशन आह्वान गरिने छ।