October 2, 2023, Monday
२०८० आश्विन १६, मंगलवार
बनगाडको वडा नं. १ मा नेकपा एसको भेला सम्पन्न, वडामा ८० प्रतिशत वर्चस्व रहेको दावी

बनगाडको वडा नं. १ मा नेकपा एसको भेला सम्पन्न, वडामा ८० प्रतिशत वर्चस्व रहेको दावी

दुर्गा विसि / असोज १५, सल्यान । सल्यानकाे बनगाड कुपिण्डे नगरपालिका वडा नं १ मा नेकपा समाजवादीकाे वडा भेला सम्पन्न भएको छ । बिहिवार भेला सम्पन्न भएको हो ।

भेलामा १५ भन्दा वढिले नेकपा समाजवादीमा प्रवेश गरेका छन् ।प्रवेश गर्नेमा वडा नं १ काे कैंन्डाडाबाट नेपाली कांग्रेस पार्टीका दुई दर्जनभन्दा कार्यकर्ता रहेका छन ।

नव प्रवेशीलाई नेकपा समाजवादी प्रदेश कमिटी सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि गणेश विसिले स्वागत गरेका थिए । भेलालाई सम्बोधन गर्दै नेता विसीले १ नं वडामा समाजवादीकाे ८० प्रतिशत वाहुल्यता भएको दावि गरे ।

“वडा नं १ मा नेकपा एमाले भन्दा हाम्रो पार्टीको ८० प्रतिशत वर्चस्व छ ।” उनले भने – “त्यो कुरा आगमि चुनावबाट पुष्टि हुन्छ ।”

वडा कमिटी अध्यक्ष दिप वस्नेतकाे अध्यक्षतामा भएको कार्यक्रम वडा अध्यक्ष तथा समाजवादीका नेता शान्त कुमार यरी, युवा संगठका नगर अध्यक्ष शेरवहादुर विक, पार्टीनगर अध्यक्ष रविराज शर्मा, शिक्षक नेता शिखर यरी, जिल्ला कमिटी सदस्य टेकेन्द्र विसि, विजय नेपाली, दोर्ण यरी, ममेहन विसि, डम्बर साहु लगाएतकाले धारणा राखेका थिए ।

त्यसैगरि नव प्रवेशिहरुमा अर्जुन विक, दिपक विक, टाेपवहादुर परियार, निलाे कामी, किस्मत आग्री, दिनेश आग्री, सन्तु वुढा, भिम वहादुर विक लगाएतका पार्टी प्रवेश गरेको युवा संघ नगर सचिव प्रसान्त साहुले जानकारी दिए ।

भेलामा स्वागत मन्तव्य प्रकाश वुढाले गरेका थिए भने उद्घोषण सचिव साहुले गरेका थिए । पार्टी अध्यक्ष वस्नेतकाे अध्यक्षतामा ५५ सदस्य कमिटी गठन भएको छ भने युवा तर्फ सन्तु वुढाकाे अध्यक्षतामा ५१ सदस्यीय युवा संघ गठन गरिएको छ ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज