September 23, 2023, Saturday
२०८० आश्विन ६, शनिबार
महेश बस्नेतले लगाए प्रधानमन्त्री देउवालाई गम्भीर आरोप

महेश बस्नेतले लगाए प्रधानमन्त्री देउवालाई गम्भीर आरोप

असोज १२, काठ्माण्डौ । नेकपा एमालेका केन्द्रिय सदस्य तथा युवा नेता महेश बस्नेतले देउवालाई देखेर लोकतन्त्र पनि कुनामा बसेर रोइरहेको टिप्पणी गरेका छन ।

मंगलबार सामाजिक संजाल फेसबुक मार्फत लामो स्टाटस लेख्दै बस्नेतले हिजो ओली सरकार अधिनायकवादी भयो, रुननी पाइएन भन्ने देउवा देखेर लोकतन्त्र पनि कुनामा बसेर रोइ रहेको र हिजो राष्ट्रपतिलाई रबर स्ट्याम्प भन्ने र ओली सरकारको खोइरो खन्ने मिडिया बुद्धिजीवी नागरिक समाज क्वारेन्टाइन तिर बसेरहेका होला भन्दै तिखो टिप्पणी गरेका हुन ।

उनले दिन प्रतिदिन रहस्यका पर्दा खुल्दै गएको र लोकतन्त्र को रक्षक र को भक्षक जनताले चिन्दै गएको पनि टिप्पणी गरेका छन ।

हेर्नुहोस पूरा स्टाटस :

केपी ओलीको लोकप्रिय सरकार ढाल्न, नेकपा भित्रै बाट प्रधानमन्त्रीमा प्रचण्ड र अध्यक्षमा माधब नेपाललाई सिंगार पटार गरियो। उपलब्धि दिन नसक्ने काम नलाग्ने साबित भैसकेको सदन दुई पटक ब्युत्याइयो ।

एमाले माओबादी छुट्याइयो। धारा ७६ बाट बाट धेरै प्रयास गर्दा बन्न नसकेको देउवा सरकार परमादेश जारी गरेर बनाइयो। एमालेका सांसदहरुलाई पार्टी ह्विप नलाग्ने बनाइयो। अदालत र सभामुखबाट अरुलाई एउटा कानून एमालेलाई अर्कै कानून लागाइयो ।

बिश्वासको मत लिन नसके पछि चालू संसदको अधिवेशन हठात अन्त्य गरी २० प्रतिशत सांसद वा केन्द्रीय कमिटीका सदस्य मिलेर पार्टी फोर्न मिल्ने अध्यादेश ल्याएर एमाले र राजपा फुटाइयो। अढाइ महिना सम्म सरकार बिस्तार हुन नसकेपछी अनैतिक तवरले अध्यादेश फिर्ता गरियो।

ओली सरकारको लोकप्रिय बजेट प्रस्तिस्थापन गर्दै कालो धनलाई सेतो बनाउने र १४ सय सडक सहित असंख्य योजना काटने अनि राज्यको श्रोत साधन कब्जा गर्ने बजेट ल्याइयो। “हिजो ओली सरकार निरंकुश भयो, सेटिङमा चल्यो” भन्ने प्रचण्ड भन्दैछन “यो सब काम म र माधब नेपाल मिलेर गरेको हो”।

हिजो ओली सरकार अधिनायकवादी भयो, रुननी पाइएन भन्ने देउवा देखेर लोकतन्त्र पनि कुनामा बसेर रोइ रहेको होला। हिजो राष्ट्रपतिलाई रबर स्ट्याम्प भन्ने र ओली सरकारको खोइरो खन्ने मिडिया बुद्धिजीवी नगरिक समाज क्वारेन्टाइन तिर बसेरहेका होलान्। दिन प्रतिदिन रहस्यका पर्दा खुल्दैछन्। को रक्षक, को भक्षक जनताले चिन्दैछन।

नेकपा एमालेका नेता महेश बस्नेतको फेसबुक बाट साभार स्टाटस ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज