March 16, 2025, Sunday
२०८१ चैत्र ३, सोमबार
महेश बस्नेतले  ७ बुँदामा ‘माधब- प्रचण्ड- बाबुराम- उपेन्द्रदेखि कांग्रेस नेताहरुको धज्जी उडाए

महेश बस्नेतले ७ बुँदामा ‘माधब- प्रचण्ड- बाबुराम- उपेन्द्रदेखि कांग्रेस नेताहरुको धज्जी उडाए

वैशाख २८, काठमाडौं । नेकपा एमालेका युवा नेता तथा सांसद महेश बस्नेतले ‘माधब- प्रचण्ड- बाबुराम- उपेन्द्र र कांग्रेस नेताहरुको धज्जी उडाएका छन् । उनले सामाजिक संजाल बाट टिप्पणी गर्दै सबैको तिखो आलोचना गरेका हुन् ।

युवा नेता तथा सांसद बस्नेतले ७१ वर्षपछि कम्युनिष्टहरूले प्राप्त गरेको सत्ता अरुलाई दिलाउन प्रचण्ड लागि परेको आरोप लगाएका छन् । त्यस्तै उनले ‘सत्तामा रहँदा भ्रष्टाचार, अनियमितता र कुशासन दिने कांग्रेस नेताहरूको नौटंकी फेरि देखिन थालेको’समेत टिप्पणी गरेका छन्।

७ बुँदामा आफ्ना भनाइ राख्दै बस्नेतले माधव नेपालदेखि बाबुराम भट्टराईसम्मको आलोचना गरेका छन् ।

फेसबुकमा उनले लेखेका छन्-

१) ७१ बर्ष पछाडि कम्युनिष्टहरूले प्राप्त गरेको सत्ता दक्षिणपन्थीको पाउमा चढाउन कम्मर कसेर लागेका प्रचण्डहरुको क्रान्तिकारीपन पनि देखियो।

२) जनताको प्यारो पार्टी फुटाएर भएपनि उग्रवामपन्थी र दक्षिणपन्थीको घोडा बन्न तयार माधव नेपालहरुको विधि र अनुशासन पनि देखियो।

 

३) विगतमा सत्तामा रहँदा भ्रष्टाचार, अनियमितता र कुशासन दिने कांग्रेस नेताहरूका नौटंकी फेरि देखिँदैछ।

४) पद र पैसा भने पछि जीउज्यान छाड्ने आफू मन्त्री होउन जेल त्यही सरकार क्रान्तिकारी र आफू भ्रष्ट र असफल भएर फालिएपछि प्रतिगामी, संविधान संशोधन र मधेसी आन्दोलनका मुद्दामा मतलब छैन । कुर्सिको लागि जे पनि गर्ने उपेन्द्र यादवको मधेस मोह पनि हेरियो ।

५) आठ वटा पार्टी फेरेर प्रवेश गरेको जसपालाई फोर्न प्रचण्ड र रामचन्द्रहरूको गोटी बन्ने आफ्नो सांसदहरूलाई एक ठाउँमा राख्न नसक्ने अनि प्रधानमन्त्री र राष्ट्रपतिलाई सराप्ने बाबुरामको कुण्ठा पनि देखियो ।

६) राष्ट्रियता जनताको विकास, समृद्धि र कोभिडको महामारीविरुद्ध सशक्त नेतृत्व दिन सक्ने एमाले र प्रधानमन्त्री केपी ओली नै हो, कुनै भ्रममा नपरी अभियान बनाएर लागौं ।

७) स्याल हुँइया गर्नेहरूको भविश्य छैन, आवश्यक प्रतिरोध गरौं ।

त्यस्तै नेकपा एमाले नेता तथा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले एमाले अब २०७५ जेठ २ को अवस्थामा फर्किन नसक्ने बताएका छन् ।

माधव नेपाल पक्षले २०७५ जेठ २ लाई बटमलाईन बनाइरहेका बेला थापाले भने अब पार्टी २०७८ जेठ २ तर्फ अघि बढ्ने बताएका हुन् ।

थापाले माधव नेपाल पक्षलाई आफ्नो सरकार ढालेर देउवाको पाउमा लम्पसार पर्ने गद्दारको संज्ञा दिदै ती नेताहरुको माग पूरा नहुने प्रष्ट पारेका छन् ।

थापाले भनेका छन्, ‘आफ्नो सरकार ढालेर देउवाको पाउमा लम्पसार पर्नेहरूको गद्दरी क्षम्य हुन सक्दैन । नेता जन्माउने, बनाउने पार्टी र जनताले हो । महान शुद्धीकरण र सुदृढीकरणको प्रक्रियामा अघि बढौं । सुकेका पात झर्छन् चिन्ता नगरौं ।’