March 25, 2025, Tuesday
२०८१ चैत्र १२, बुधबार
गण्डकीमा राजमोका सांसद अपहरणको आरोप लागेपछि महेश बस्नेतले दिए यस्तो प्रतिक्रिया

गण्डकीमा राजमोका सांसद अपहरणको आरोप लागेपछि महेश बस्नेतले दिए यस्तो प्रतिक्रिया

बैशाख १७, पोखरा । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ विरुद्ध अविस्वास प्रस्तावमा मतदान हुने भनेकै दिन राष्ट्रिय जनमोर्चाका सांसद खिम बिक्रम शाही सम्पर्क बिहिन भए ।

खोजी हुदा उनी कोभिड संक्रमित भएर अस्पतालको आइसियुमा भर्ना भएको अवस्थामा भेटिए तर बिरोधि र आलोचकहरूले उनलाई प्रदेश सरकारले अपहरण गरेर अस्पतालमा बन्धक बनाएको आरोप लगाए ।

विपक्षीहरूले यस्तो आरोप लगाएपछि बिगतमा पनि सांसद अपहरणको आरोप लागेका नेकपा एमालेका युवा नेता महेश बस्नेत आक्रोशित भएका छन ।

सामाजिक संजालमा लामो स्टाटस लेख्दै उनले कांग्रेस, माओवादी र जसपाले गाइभैसीसरि आफ्ना सांसदलाई होटेलमा थुनेर कैद गरेपनी माबन स्वतन्त्रता लाई मानवीय स्वतन्त्रता कैद हुन नसक्ने बताएका छन ।

हेरौं उनको पूरा स्टाटस :

गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री पी एस गुरुङ्गको नेतृत्वमा जन सरोकारका काम गर्दै, आफ्नै गतिमा अगाडि बडिरहेको अबस्थामा, त्यो सरकारको विरुद्ध जनमतले प्रतिपक्षको हैसियतमा बस्न पुगेको काँग्रेस र पद र अबसरबादको खेलमा डुबेर कम्युनिष्ट आन्दोलन समाप्त गर्न लागेको प्रचण्ड र उनको पार्टीको सत्ताका पिपासु अप्रकृतिक गठबन्धन मिलेर अबिस्वासको प्रस्ताव सदनमा दर्ता गराए ।

असैध्दान्तिक, अबसरबादी र निकै कमजोर धरातलमा उभिएको त्यो गठबन्धनले जनता समाजबादी पार्टीको के पी ओलीको छायाँ देखेर पनि तर्सने बाबुराम भट्टराई र कांग्रेस संग कुनै सहकार्य गर्न नचहाने राजमोका नेताहरुलाइ समेत अनेक भ्रममा र प्रलोभनमा पारेर सरकार बिरुद्ध उभिन निकै कसरत र्ब्प्रयास गरे र आफ्ना सबै साँसदहरुलाइ गाई भैंसी सरी महँगो होटल रिसोर्टमा अपहरण शैलीमा थुनेर राखे।

तर ती सत्ता पिपासुले नबुजेको कुरा के हो भने मानब स्वतन्त्रता कसैको जबरजस्तले कैद हुन सक्दैन र स्वतन्त्र ढंगले आफ्नो अभिमत प्रकट गर्न मान्छेले जस्तो सुकै बिद्रोह गर्न तयार हुन्छ।

यसै सन्दर्भमा राजमोका सांसद खिम बिक्रम शाही बिरामी भएर अस्पताल बसेको कुरालाई लिएर अस्पताल प्रशासन, उनी स्वमं र उनको परिवारले आफू बेहोस भएर अस्पताल गएको भनेर पुष्टि गरिसकेको सन्दर्भमा केही प्रचण्ड र कांग्रेस द्वारा पालित पोषित मिडिया र सामाजिक संजालका केही अपराधीक प्रवृत्तिका ब्याक्तीहरुले म, अन्य केही नेताहरु र हाम्रो पार्टीको नाम मुछेर जुन बदनाम गराउने प्रयत्न गरिरहेका छन। नेपाल सरकारको जिल्लाको जिम्मेवारी लिएर बसेको सिडियो जस्तो जिम्मेवार ब्यक्तिलाई सांसद्कको मुखबाट गाली गलोज गर्ने र भाइरल गर्ने जस्ता अराजक प्रवृत्ति प्रकट गरिरहेका छन।

लोकतान्त्रीक पद्धति अपनाइएका मुलुकमा संबंधित दलहरु सत्तामा जान खोज्नु स्वभाबिक हो। तर त्यस्को लागि एउटा आबधिक निर्बाचन कुर्न नसक्ने अनि सत्ताको फोहोरी खेल खेल्न हर्कतको सुरुवात गर्ने मावोबादी कांग्रेस र तिनका कथित नेताहरुको आदर्शको गन्तब्यहीन मन्तब्यको कुनै तुक र अर्थ छैन।

जहाँ सम्म हाम्रो पार्टी र नेताहरुको कुरा छ। जुन ढंगको चौतर्फि आक्रमण हामी माथी भैरहेको छ त्यसलाइ शसक्त ढंगले प्रतिरोध गर्न हाम्रो पंक्ति सक्षम छ। हाम्रा बिरुद्ध आउने जस्तोसुकै जाल झेल र षड्यन्त्र छ त्यसै अनुसार प्रतिबाध र आबास्यक अनुसार प्रतिरोध गर्न तयार छ। पानी माथिको ओभानो बन्नेहरुको कुनै औचित्य छैन।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज