September 21, 2026, Monday
२०८३ आश्विन ६, मंगलवार
संविधान संशोधनको माग गर्ने नेताहरु बारे ओलीले गरे यस्तो टिप्पनी

संविधान संशोधनको माग गर्ने नेताहरु बारे ओलीले गरे यस्तो टिप्पनी

असोज ०३, काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन गर्छु भन्दै विदेशमा गएर सम्झौता गर्ने प्रवृत्ति नेपालकै नेताहरुमा देखिएको बताएका छन ।

आइतबार संविधान दिवसको अवसरमा पार्टीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले संविधान जारी गर्ने पहल गर्दा आफूमाथि संविधानसभामै माइकले हान्नेदेखि भौतिक हमलाको प्रयाससम्म भएको बताए।

उनले भने, ‘संविधान जारी गर्न खोज्दा हामीमाथि भौतिक आक्रमण भए । माइकले हाने । सबै झेलेर संविधान जारी गराइयो, त्यसवापत नाकाबन्दी भयो त्यसको पनि डटेर, राष्ट्रिय स्वाभिमानलाई झुक्न नदिएर कुनै सम्झौता नगरी संविधानको रक्षा गरेर अघि बढ्यौँ ।’

अध्यक्ष ओलीले कांग्रेस र माओवादीजस्ता दलहरू लकपकाएर खुट्टा कमाएका बेला एमालेको नेतृत्वमा संविधान बनेको स्मरण गर्दै भने, ‘त्यसैले यसको रक्षाका लागि पनि एमालेले नै अगुवाइ गर्नेछ ।’

संविधान संशोधन गर्छु भन्दै विदेशमा गएर सम्झौता गर्ने प्रवृत्ति नेपालकै नेताहरुमा देखिाए बताउँदै ओलीले भने, ‘जो पृथकतावादको वकालत गर्दै थिए, हिंसामा थिए ती सबै प्रवृत्तिलाई समेत समावेश गरियो । संविधान मान्दैनौँ भन्ने कुरा अब जनतालाई धोका दिने मात्र हो ।’

उनले सबैले संविधानअनुसार सपथग्रहण गरेर विनासर्त संविधान स्वीकार गरेको बताए ।