May 17, 2025, Saturday
२०८२ जेष्ठ ४, शनिबार
टिकटकमा प्रधानमन्त्री ओलीको पहिलो भिडियो एकैदिनमा भाइरल

टिकटकमा प्रधानमन्त्री ओलीको पहिलो भिडियो एकैदिनमा भाइरल

मंसिर १५, काठमाडौ । प्रधानमन्त्री केपी ओलीले भिडियो सेयरिङ एप टिकटकमा समेत उपस्थिति जनाएका छन् ।

उनको टिकटक एकाउन्ट भेरिफाइड समेत भएको छ । प्रधानमन्त्रीको सचिवालयले पनि प्रधानमन्त्रीको टिकटक एकाउन्ट सञ्चालनमा आएको जनाएको छ ।

प्रधानमन्त्रीको एकाउन्टमा हालसम्म एउटा भिडियो मात्रै अपलोड गरिएको छ । भिडियोको एकलाख भन्दा बढी भ्यूज पुगिसकेको छ । धेरैले सो भिडियो पनि शेयर गरेका छन ।

ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रविधि विज्ञहरुसँग अकाउन्ट बनाउनेबारे छलफल भएको बताउनुभयाे । ‘टिकटकमा पनि एकाउन्ट खोल्ने कुरा भएको थियो, तर यसबारेमा मलाई विस्तृत जानकारी भएन, प्राविधिक सल्लाहकारहरुलाई थाहा हुनुपर्छ,’ थापाले भन्नुभयाे ।

प्रम ओलीको टिकटक एकाउन्टमा अहिले एउटा मात्रै भिडियो हालिएको छ । याे समाचार तयार पारिसक्दासम्म उक्त भिडियोको भ्युज १ लाख ४५ हजार बढी पुगिसकेको छ । २ सय ३९ कमेन्ट, र १२ सय बढी लाइक र २ सय बढी सेयर पुगिसकेको छ ।

‘मालपोत, विद्युत् महसुल, भन्सार महसुल, आन्तरिक राजश्‍व, सवारी चालक अनुपति पत्र र नवीकरण जस्ता नागरिकसँग प्रत्यक्ष जोडिएका सेवालाई एकीकृत सेवामा जोड्ने प्रक्रिया सुरु भएको छ । सरकारले राष्ट्रिय परिचयपत्रलाई सेवा प्रवाहको मूख्य आधार बनाउने गरी काम अघि बढाएको छ’, पहिलो टिकटक भिडियो सन्देशमा भनिएको छ।