May 21, 2024, Tuesday
२०८१ जेष्ठ ८, मंगलवार
नेता पाण्डे भन्छन – ‘केटी नपाएर बिबाह गर्न नसकेका केपी ओलीको बिबाह मैले गराइदिएको हु’

नेता पाण्डे भन्छन – ‘केटी नपाएर बिबाह गर्न नसकेका केपी ओलीको बिबाह मैले गराइदिएको हु’

मंसिर १३, काठमाडौं । नेकपा नेता सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी ओलीले केटी नपाएर बिबाह गर्न नसकेको अवस्थामा आफूले केटी खोजेर बिबाह गराइदिएको दावी गरेका छन् ।

एपीवान टेलिभिजनको एक कार्यक्रममा कुराकानी गर्दै पाण्डेले भने, ”केपीको केटी मागिदिएको मैले, बिहे गर्नका लागि, अहिलेको राधिकाजी । उहाँ जेलबाट छुट्नुभयो, राधिकाजी बिहे नभएर बसिरहनुभएको थियो ।”

”उहाँ हाम्रो जिल्लाको पार्टी कमिटिको सदस्य हुनुहुन्थ्यो । मैले बिहे गर्ने ? त्यो बेलामा पार्टीको के चलन थियो भने पार्टीका नेता जस्को बिहे भएको छैन, केटा वा केटी जोडाइदिने कर्तव्य पनि पार्टीको हुन्थ्यो । कसैले आफै मायाप्रेम गर्ने र बिहे गर्न स्वीकृति माग्थे ।”

”मैले केपी कमरेडलाई सोधें । गर्ने केटी पाएदेखि भन्नुभयो, उहाँको त्यही ठट्यौलो शैलीमा । मैले भिन्न प्रसंगमा लगेर राधिकालाई देखाइदिएँ । उहाँले हुन्छ भन्नुभयो । मैले राधिकाजीलाई पनि सोधें फलानोसँग बिहे गर्ने हो ? भनेर ।”

”पहिला पनि मैले सोध्दा नाई भन्नुहुन्थ्यो । केपीको नाम लिएपछि बोल्दैबोल्नुभएन् । भनेपछि मन परेछ भन्ने बुझ्नुपर्यो ।”

पाण्डेले केपी र आफू एउटै थालमा भात खाएर हुर्किएको मान्छे भएको दावी गर्दै तर केपी अहिले परिवर्तन भएको बताए । उनले चितवनमा गएको हप्ता आफूविरु’द्ध भएको विरोध प्रदर्शनमा केप ीओली पक्षधरको हात रहेको भन्दै ओलीको आलोचना पनि गरे । कर्पोरेट नेपाल बाट साभार

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज