September 19, 2024, Thursday
२०८१ आश्विन ३, बिहीबार
के गणतन्त्र, धर्म निरपेक्षता र संघियता खारेजीको चरणमा जाँदै छ ? यस्तो छ, महेश बस्नेतको बयान

के गणतन्त्र, धर्म निरपेक्षता र संघियता खारेजीको चरणमा जाँदै छ ? यस्तो छ, महेश बस्नेतको बयान

काठमाडौँ, ३ असार । नेकपा एमालेका नेता महेश बस्नेतले अबको चुनावमा दिल्लीमा भएको १२ बुँदे समझदारीका क्रममा विदेशी शक्तिले घुसाएका धेरै राष्ट्रघाती कुराहरु खारेज गर्नु पर्ने बताएका छन्। एपिवन टेलिभिजन सँगको अन्तरवार्ताका क्रममा बस्नेतले १२ बुँदे समझदारीबारे विभिन्न कोणबाट प्रश्न उठ्न थालेकोले त्यसलाई पुनरावलोकन गरेर जानु पर्ने बेला आएको बताएका हुन्।


बस्नेतले भने, ‘६२-६३ को परिवर्तन पछि स्थापित मुद्धाहरुले मुलुकमा तीब्र परिवर्तन हुन्छ, व्यापक विकाश हुन्छ, सुशासन आउँछ भन्ने मान्यता थियो नि त्यसमाथि अनेक कोणबाट प्रश्न उठिसकेको छ। ती मुद्धाहरु केही विदेशी शक्तिले घुसाइदिएका भन्ने हाम्रो निचोड हो। त्यतिबेला हामी लत्रिन बाध्य भयौ। पार्टी भन्दा माथि उठेर केहि एजेण्डाहरुको रिभ्यू गर्नुपर्ने बेला आएको छ।’

बस्नेतले अहिलेको द्वन्द भनेको राष्ट्रको विशिष्ट पहिचानलाई जोगाउने र विदेशीको एजेण्डालाई निरन्तरता दिनुपर्छ भन्ने शक्ति बीच भइरहेको बताए। उनले भने, ‘केही विदेशी शक्ति र नेपालमा रहेका केही राजनीतिक शक्ति ६२/ ६३ मा विदेशीले घुसाइदिएका एजेण्डाहरुलाई कायम राख्न लागि परिरहेका छन्।’

बस्नेतले संघियतामा धेरै विकृति घुसेकोले खारेजीको चरणमा जानु पर्ने स्थिति आउन सक्ने पनि संकेत गरे। उनले भने, ‘राज्य पुनसंरचना गर्दा हामीले जातीय राज्यको कुरा गर्यौ, आत्मनिर्णयको कुरा गर्यौ। एक मधेश एक प्रदेशका कुरा नि गर्यौ। संघीय सरकारको अस्तित्व अस्विकार गर्ने काम भयो। संघियता भनेको अहिले सत्ता परिवर्तनमा अल्झिएको छ। यी तमाम विषय वस्तु केही विदेशी शक्तिले घुसाइदिएका थिए भन्ने हाम्रो निचोड हो। संघियतालाई रिभ्यू गर्नु पर्छ भन्ने आवाजलाई हामीले सम्बोधन गर्नुपर्ने बेला भएको छ।’

बस्नेतले नेपालमा धर्म निरपेक्षता विरुद्ध उठिरहेको आवाजको सम्बोधन गर्नुपर्ने पनि बताए। उनले भने, ‘नेपालको पहिचान भनेको विशिष्ट सांस्कृतिक पहिचान हो। हामीलाई एकतावद्ध सुत्र हो त्यो। हाम्रो त्यहिँ पहिचान हो। अमेरिकन राष्ट्रपतिले बाइबल छोएर शपथ खानुहुन्छ। सबै राष्ट्रले आफ्नो विशिष्ट पहिचान कायम राखेका छन्। हामीले पनि त्यो कायम राख्नु पर्छ।’

बस्नेतले अहिले बल्ल संविधान संशोधन, १२ बुँदेलाई रिभ्यू गर्ने कोर्ष सुरु भएकोले अहिले नै के के कुरा परिवर्तन हुने हो त्यो भन्न नमिल्ने बताएका छन्। ‘हामी पर्दा खोल्ने, ढोका खोल्ने चरणमा छौ। प्रारम्भिक रुपमै सबै देखाउन सकिँदैन। विस्तारै सबै खुल्दै जान्छ,’ उनले भने।

बस्नेतले अबको निर्वाचनमा सत्ता केन्द्रित नभई मुद्धा केन्द्रित गठबन्धन बन्न लागेको पनि दाबी गरे।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज