March 16, 2025, Sunday
२०८१ चैत्र ३, सोमबार
नरोत्तम वैद्यको क्षमायाचना विज्ञप्तिमा यसरी भयो नेपाली र अंग्रेजी नाम फरक फरक

नरोत्तम वैद्यको क्षमायाचना विज्ञप्तिमा यसरी भयो नेपाली र अंग्रेजी नाम फरक फरक

जेठ २९, काठमाडौं । बागमती प्रदेशसभामा प्रधानमन्त्रीविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएका प्रदेश सांसद नरोत्तम वैद्यले आज क्षमायाचना विज्ञप्ति जारी गरे । सामाजिक सञ्जालमा भने विज्ञप्तिको लेटरहेड चर्चामा छ ।

लेटरहेडमा नरोत्तम वैद्यसँगै अर्को नाम पनि भएकाले धेरै व्यक्तिहरु अल्मलिएका छन् । वायाँपट्टि नेपालीमा नरोत्तम वैद्य भनेर लेखिएको छ भने दायाँपट्टि अंग्रेजीमा जीवन डंगोल लेखिएको छ । नाममुनिका विवरणहरु भने एउटै छन् ।

दुवैको नाममुनि बाग्मती क्षेत्र नं। ४ ९१० का प्रदेशसभा सदस्य लेखिएको छ । कतिपयले ठाने, नरोत्तम वैद्यको नेपाली र अंग्रेजी नाम फरक(फरक रहेछन् । तर, यथार्थमा जीवन डंगोल अर्कै व्यक्तिको नाम हो । उनी बाग्मती प्रदेशकी समानुपातिक सांसद हुन् ।

यस विषयमा वैद्यलाई प्रश्न गर्दा उनले हतारमा विज्ञप्ति जारी गर्दा गल्ति भएको बताए । वैद्यका अनुसार जीवन डंगोलको लेटरप्याड प्रयोग गरेर उनले विज्ञप्ति जारी गरेका थिए ।

तपाईंको चैं आफ्नो लेटरप्याड छैन रु भन्ने प्रश्नमा उनले भने, ‘मेरो लेटरप्याड ब्यागमा थियो । त्यही भएर जीवन डंगोलजीको अस्थाइ लेटरप्याड प्रयोग गर्दा उहाँको नाम हटाउन बिर्सिएछ । हतारको काम लतरपतार भनेको यस्तै हो ।’

क्षमायाचना विज्ञप्तिमा नाम आएकोमा डंगोलको आपत्ति नरहेको वैद्यले बताए । ‘डंगोलजी मसितै हुनुहुन्छ । उहाँले केही गुनासो गर्नुभएको छैन,’ वैद्यले भने ।

नेपाल प्रेस बाट ।