रुकुममा विप्लव नेकपाको बिरामी र कुरुवालाई निशुल्क खाना खुवाउने अभियान प्रशासनले रोक्यो
जेठ ९, सल्यान । रुकुम पश्चिममा नेकपा ( विप्लव ) सम्बद्ध युवाहरूले संचालन गरेको बिरामी र बिरामीका कुरुवाहरूलाई निशुल्क खाना खुवाउने अभियान जिल्ला प्रशासन कर्यालय रुकुम पश्चिमले रोक लगाएको छ ।
केही दिन अघिदेखि रुकुम पश्चिम स्थित जिल्ला अस्पताल सल्लेमा रहेका बिरामी र बिरामीका कुरुवालाई निशुल्क खाना खुवाइरहेकाे नेपाल कम्युनिस्ट पार्टी संवद्ध युवा र नेतृत्वलाई प्रहरीले हस्ताक्षेप गरेको हो।
जिल्लाका प्रमुख जिल्ला अधिकारीले ‘काम राम्रै भएपनि निशुल्क खाना नखुवाउन दबाब आएको भन्दै प्रहरी परिचालन गरेर अभियान बन्द गराएको नेकपा रुकुमले जनाएको छ ।
प्रहरीले जबर्जस्त खाना पकाउने ठाउँमा पुगेर आइन्दा खाना खुवाउने काम बन्द गर्नु भनेपछि उक्त टिमले साेमबार बाट खाना खुवाउने काम पनि बन्द गरेको छ । रुकुममा नेपाल कम्युनिस्ट पार्टी रुकुम पश्चिमका फ्याक्सन इन्चार्ज नरेन्द्र बिकको नेतृत्व मा १५ सदस्यीय स्वयंसेवक टिमले खाना खुवाउने देखि काेराेना संक्रमितकाे सेवामा दिनरात काम गरिरहेकाे थियोे ।
एक्कासी खाना खुवाउने काम बन्द गराएपछि उक्त टिम आक्राेसित भएको छ । राजनीतिक पुर्वाग्रहकाे आधारमा प्रशासनलाई हातमा लिएर यस्तो हर्कत गरिएको विशेष कमिटी सदस्य तथा स्वयंसेवक सदस्य घमण्ड महरले बताए । नि:शुल्क सेवा समेत गर्न नपाउने याे कस्तो शासन व्यवस्था हाे भन्दै उनिहरुले आपत्ति जनाए ।
‘हामीले बिना कुनै राजनीतिक नियतका साथ, निस्वार्थ भावनाका साथ जनताहरुको (बिरामी) सेवामा महामारीको सुरुदेखी जुटिरहेको बिषय त घाम झैँ छर्लङ्ग छ।”
नेकपा रुकुमका फ्याक्सन इन्चार्ज नरेन्द्र बिकले भने – ” हामी कहिले जनचेतनामुलक कार्यमा, कहिले राहत वितरणमा, कहिले स्वयंसेवकको रूपमा बिरामीहरुको हेरबिचार त पछिल्लो समय बिरामी र उहाँको कुरुवाको लागि निशुल्क खाना खुवाउने कर्ममा सहभागी थियौं छौँ, तर त्यो प्रशासनलाई पचेन ।”
उक्त टिमले सरस्वती माविमा आफैले खाना पकाउने र नजिकैको जिल्ला अस्पताल सल्लेमा लगेर वितरण गर्ने काम गर्दै आएको थियोे ।
प्रतिकृया दिनुहोस्