माओवादी नेता कार्यकर्ताहरूलाई ढाडस दिदै जनार्दन शर्माले गरे यस्तो अपिल
जेठ ०१, सल्यान । नेकपा (माओवादी केन्द्र)का नेता तथा स्थायी समिति सदस्य जनार्दन शर्मा ‘प्रभाकर’ले पछिल्लो परिस्थिति प्रति हतास नहुन नेता तथा कार्यकर्तालाई आव्हान गरेका छन् । उनले पछिल्लो परिस्थितिले माओवादी लाई थप सुद्धढ बनाउन मौका दिएको टिप्पणी गरेका छन ।

शुक्रबार सामाजिक संजालबाट टिप्पणी गर्दै उनले पार्टीभित्र विगतलाई हेरेर पुनः समिक्षा गर्नुपर्ने अवस्था सिर्जना भएको भन्दै बिचार विधि र इमानमा माथी उठ्नुपर्ने बताएका छन ।
नयाँ परिस्थिति र घटनाहरूले नयाँ चुनौती र संभावनाहरु एकसाथ लिएर आउने भन्दै उनले लेखेका छन – “यसबाट हतास हुनेहरू समाप्त हुँदै जाने र सामना गर्न तयार हुनेहरू सुदृढ हुँदै जाने तथ्यलाई स्वीकार गरी विगतका उपलब्धि र कमीहरु समेतको गम्भीर समीक्षा गरेर विचार, विधि र इमानका दृष्टिले माथि उठौँ र उठाऔं ।’

पछिल्लो राजनीति अवस्थाप्रति भन्दा कोरोना संकटप्रति ध्यान दिनुपर्ने उनको भनाई छ । ‘जनतामाथि आइपरेका संकटहरुको सामना गर्न जनताप्रतिको उत्तरदायित्वमा इमान्दार बनौं, हामी सबैको भबिस्य उज्ज्वल हुनेछ’, उनले भनेका छन् ।
बैकिल्पक सरकार बनाउने कांग्रेस, माओवादी केन्द्र र जसपा को प्रयास असफल भएसँगै तीनै पार्टीभित्र निराशा देखिएको छ । साथै एमालेभित्र देखिएको पछिल्लो एकताले पनि माओवादी केन्द्र थप समस्यातर्फ उन्मुख भएको टिप्पणी भईरहेको बेला उनले यस्तो बताएका हुन ।

यस्तो छ, उनको स्टाटस :
नयाँ परिस्थिति र घटनाहरूले नयाँ चुनौती र संभावनाहरु एकसाथ लिएर आएको हुन्छ । यसबाट हतास हुनेहरू समाप्त हुँदै जाने र सामना गर्न तयार हुनेहरू सुदृढ हुँदै जाने तथ्यलाई स्वीकार गरी विगतका उपलब्धि र कमीहरु समेतको गम्भीर समीक्षा गरेर विचार, विधि र इमानका दृष्टिले माथि उठाैं र उठाऔं । जनतामाथि आइपरेका संकटहरुको सामना गर्न जनताप्रतिको उत्तरदायित्वमा इमान्दार बनौं । हामी सबैको भबिस्य उज्ज्वल हुनेछ ।


















प्रतिकृया दिनुहोस्