December 1, 2023, Friday
२०८० मंसिर १५, शुक्रबार
मुख्यमन्त्री पोखरेललाई अर्को झड्का : एमालेका थप एक प्रदेश सांसद माओवादीमा प्रवेश

मुख्यमन्त्री पोखरेललाई अर्को झड्का : एमालेका थप एक प्रदेश सांसद माओवादीमा प्रवेश

वैशाख २१, बुटवल । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य अमरबहादुर डाँगी माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

दाङ क्षेत्र नं. २ (ख) बाट निर्वाचित एमाले सांसद डाँगी माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । माओवादी केन्द्र लुम्बिनी प्रदेशकी सांसद दामा शर्माले डाँगी माओवादीमा प्रवेश गरेको र औपचारिक रुपमा भोलि (बुधबार) स्वागत गरिने बताइन् ।

यसअघि सूर्य चिन्हबाट चुनाव लडेकी सांसद विमल खत्री पनि माओवादी केन्द्रमा प्रवेश गरेकी थिइन् । उनी दाङ क्षेत्र नम्बर ३ (ख) बाट निर्वाचित सांसद हुन् ।

दाङ ३ (ख)बाट निर्वाचित वलीले तत्कालीन नेकपाको तर्फबाट उप–चुनाव जितेकी थिइन् ।

सांसद वलीले ५ हजार १ सय ४ मतान्तरले नेपाली कांग्रेसका उम्मेदवार केशवराज शर्मा आचार्यलाई हराउँदै वली प्रदेशसभा सदस्यमा विजयी भएकी थिइन् ।

माओवादी केन्द्र र एमाले विभाजित भएपछि वलीलाई एमालेले समेत जोडेर आफ्नो पक्षमा ४१ सांसद रहेको बताएको थियो । तर, वलीको माओवादी केन्द्रमा प्रवेश गर्ने निर्णयसँगै ८१ सदस्यीय प्रदेशसभामा एमालेको बहुमत गुमेको थियो ।

त्यस्तै डाँगीले पनि माओवादी केन्द्रमा प्रवेश गरेपछि अब मुख्यमन्त्री शंकर पोखरेलको पक्षमा ३८ सांसद हुनेछन् । एमालेबाट निर्वाचित सांसद दृगनारायण पाण्डेयले राजीनामा दिएका थिए ।