सरकार सँग बिश्वासको वातावरण तयार भयो : महतो
बैशाख १५, सल्यान । जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले सरकार सँग बिश्वासको वातावरण तयार भएको बताएका छन ।
सरकारले जनता समाजवादी पार्टी नेपालको माग अनुसार केही मुद्दा फिर्ता लिएपछि पार्टी सरकारसँग विश्वासको वातावरण तयार भएको उनले बताएका छन् ।

‘हाम्रा अझै केही माग पुरा गर्न बाँकी छ, त्यो माग पुरा भएपछि सरकारमा जान सकिन्छ,’ उनले भने, ‘तर त्यसका लागि मागहरु पुरा हुनुपर्छ । सरकारले १५ वटा मुद्दाअन्तर्गत १२० जनाको मुद्दा फिर्ता गरेकोमा जसपा नेपालले धन्यवाद ज्ञापन गर्दछ । सरकारको निर्णय स्वागतयोग्य हो । मुद्दा फिर्ता गरेर सत्ता सहकार्यका लागि वातावरण तयार भएको छ’, उनले भने ।







प्रतिकृया दिनुहोस्