March 16, 2025, Sunday
२०८१ चैत्र ३, सोमबार
सल्यानको सल्लीबजारमा जडिबुटी सहित दुई ट्रक नियन्त्रणमा, प्रहरी इन्चार्जलाई जिल्ला झिकाइयो

सल्यानको सल्लीबजारमा जडिबुटी सहित दुई ट्रक नियन्त्रणमा, प्रहरी इन्चार्जलाई जिल्ला झिकाइयो

दुर्गा विसि/ सल्लीबजार, १३ फागुन । सल्यानको सल्लिवजारमा जाजरकोटबाट जडिबुटी वोकेर जाँदै गरेका दुई ट्रक नियन्त्रणमा लिएको छ ।

ना ४ ख ६४१३ र ना ८ ख ५४३ नम्बरका दुई ट्रक नियन्त्रणमा लिइ अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी गोविन्द थापाले जानकारी दिनुभएको छ । पासवेत, कालिकाठको दाना, वोजोको जरा, पदमचाल, टिमुर, तेजपता लगायतका बहुमुल्य जडिबुटी फेला परेको छ ।

 

प्रहरीले गहिरो अनुसन्धान गरिरहेको छ । दुई ट्रक सहित ठेकेदार राम प्रसाद चौलागाईंलाई नियन्त्रणमा लिएको छ । पुर्जीमा एउटा परिणाम देखाएर अरु परिमाणका जडिबुटी रहेको आशंकामा ट्रक नियन्त्रणमा लिएको छ । पुन: तौल र पुर्जीमा भएको जडिबुटी र नभएका जडिबुटीहरुको एकिन भैरहेको छ ।

ईलाका प्रहरी कार्यालयको सहयोगमा ईलाका बन कार्यालय सल्लीले उक्त कार्य गरिरहेको छ भने सोही विषयलाई लिए केही दिन अघि मात्रै सल्लीमा सरुवा भैई आउनु भएका ईलाका प्रहरी इन्चार्ज देउवहादुर चन्दलाई समेत अनुसन्धानका लागि जिल्ला तानिएको बताइएको छ । फितलो चेकजाँचका कारण छलि गरेर सल्लिबजार नाकाबाट जडिबुटी, काठ र अन्य थुप्रै चिजहरु सधैं पैठारी हुने गरेको छ ।