May 16, 2025, Friday
२०८२ जेष्ठ ४, शनिबार
सल्यानमा छुट पुर्जी नभएको ७ हजार केजी जडिबुटी प्रहरी नियन्त्रणमा, व्यापारी फरार

सल्यानमा छुट पुर्जी नभएको ७ हजार केजी जडिबुटी प्रहरी नियन्त्रणमा, व्यापारी फरार

दुर्गा विसि / १५, फाल्गुन । सल्यानकाे सल्लिवजारमा जाजरकोटबाट जडिबुटी वाेकेर जाँदै गरेका दुई ट्रक नियन्त्रणमा लिइ खाेजतलासि गर्दा ७ हजार केजि वढि ६ प्रकारका जडिबुटी फेला परेकाे छ । ना ४ ख ६४१३ र ना ८ ख ५४३ नम्बरका दुई ट्रक नियन्त्रणमा लिइ अनुसन्धान गर्दा छुट पुर्जी नै नभएको जडिबुटी भेटिएको छ ।

छुट पुर्जी भएको कालाेकाठ, पदमचाल, वाेजाे जरा, पाखनवेद, लाेक्ता र टिमुर गरि ९ हवार ३ केजि रहेको छ भने छुट पुर्जी नै नभए सुक्दवाल (समायाे) विसफेद, अमला, काउलाे र तिताेकाे बोक्रा गरि ७ हजार ७ सय ५८.९८ केजि जडिबुटी अवैध तरिकाले पैठारी हुन थालिएको जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी गाेविन्द थापाले जानकारी दिनु भएको छ ।

थापाका अनुसार उक्त जडिबुटी व्यापारी राम प्रसाद चौलागाईं ईलाका प्रहरी कार्यलय सल्लिवजारमा मुचुल्का गराउदै गर्दा सम्पर्क विहिन भएको जनाएको छ । चौलागाईंको खाेजि भैरहेको जनाएको छ । छुट पुर्जी वेगरकाे सबै जडिबुटी जिल्ला वन कार्यालयलाई हस्तान्तरण गरिसकिएको छ ।

ट्रक चालक तुलाराम थापालाई पनि जिल्ला पठाएको छ भने अर्का ट्रक चालक गणेश विक सहित जडिबुटी व्यापारी चौलागाईं सम्पर्कमा नरहेको ईलाका वन कार्यलय सल्लिवजारले जनाएको छ ।दुबैकाे खाेजि कार्य जारि रहेको समेत जनाएको छ ।मुद्दा चलानकाे लागि सबै प्रक्रिया पूरा भएको जनाएको छ ।

साेहि विषयलाई लिए केही दिन अघि मात्रै सल्लिमा सरुवा भैइ अाउनु भएका ईलाका इन्चार्ज देउवहादुर चन्दलाई समेत अनुसन्धानका लागि जिल्ला तानिएको छ भने साेहि ठाउँमा ईलाका इन्चार्जको रुपमा कमल आचार्यलाई पठाएको छ ।

चेकजाँचमा कडाइ नहुदा छलि गरेर अवैध सरसामान सल्लिवजार नाकाबाट जडिबुटी,काठ र अन्य थुप्रै चिजहरु सधैं पैठारी हुने गरेको छ । सल्लिवजार भन्दा माथिल्लो सुर्खेत र जाजरकोटका चेक पाेइन्टहरुबाट निर्वाध रुपमा ती ट्रक सल्लि आइपुगेका थिए । सम्पर्क विहिन व्यापारी र उनका अाफ्न्तहरुले विहिवार विहान सम्म निर्दोष व्यापारीलाई प्रहरीले दुख दिनका लागि याे खेल गरेको जनाएका थिए ।

निकै कडारुपमा उत्रिएका उनिहरु भने एकाएक सबै सम्पर्क विहिन भएका छन् । मुचुल्का तयारी हुनै थाल्दा उनिहरु वहाना वनाइ सम्पर्कमा नअाएको जनाएको छ ।