March 16, 2025, Sunday
२०८१ चैत्र ३, सोमबार
केपी वलीलाई बहुमत नपचेको हो : मन्त्री, ज्वाला

केपी वलीलाई बहुमत नपचेको हो : मन्त्री, ज्वाला

माघ ११, सल्यान । नेकपाका केन्द्रिय सदस्य प्रकाश ज्वालाले प्रधानमन्त्री केपी वलीलाई बहुमत नपचेको भन्दै केपीको गुटलाइ शुन्यमा झर्ने बताएका छन । नेकपाले आइतबार सल्यानको शारदा न.पा. वडा नं. ८ र ९ को मार्केमा गरेको सपथ ग्रहण भेला तथा प्रशिक्षण कार्यक्रमलाइ सम्बोधनका क्रममा प्रचण्ड नेपाल समूहका नेता ज्वालाले केपीलाइ चाँडै कुर्सीबाट हटाउने चेतावनी दिए ।

उनले सभामुखले बैठक बोलाउने र केहिदिनमा मात्रै केपीलाई कुर्सीबाट हटाउने बताएका हुन । पार्टी विभाजन र आधिकारीताका विषयमा आफुहरु बहुमतमा रहेको भन्दै उनले भनेः– “बहुमत जहाँ छ त्यहि नै पार्टी र झण्डामा अधिकार हुन्छ, आधिकारिक पार्टी हाम्रै हो, जहाँ बहुमत सदस्यहरु छौं। ”

नेकपाका कर्णाली प्रदेश सहइन्र्चाज समेत रहेका उनले विकास निर्माण र जनसेवाका निम्ति पार्टी क्रियाशिल रहेको भन्दै केपीले संविधान अपहरण गरेकाले प्रतिगामाी कदमका विरुद्ध देशव्यापी प्रदर्शन भएको बताए ।

कर्णाली सरकारका आर्थीक मामिला तथा योजना मन्त्री समेत रहेका उनले लक्ष्यमा पुग्न सहि बाटो लाग्नुपर्ने भन्दै पार्टीमा प्रवेश गर्नेको लहर बढेको भन्दै सत्तामा मनपरी गर्नेलाइ खवरदारी गर्ने शक्ति एकीकृत भएको धारणा राखे । देशमा परेको संकट र चुनौतिको प्रभाव पार्टीमा परेको भन्दै उनले त्यसको सामाना गर्नुपर्ने बताए ।

कार्यक्रमलाइ नेता टेक बहादुर बस्नेत, महिला नेतृ कल्पना सेजवालले पनि सम्बोधन गरेका हुन । गम बहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रमको संचालन डम्मर नेपाली र स्वागत मन्तव्य अंगसिंह सेजवालले राखेका थिए ।

कार्यक्रममा विप्लव नेतृत्वको नेकपाका नेता लुट बहादुर केसी लगायत नेपाली काग्रेश, राप्रपाबाट दर्जनौ कार्यकर्ताले पार्टीमा प्रवेश गरेका छन ।

स्रोत : अनलाइन तहल्का
फाइल फोटो