June 16, 2026, Tuesday
२०८३ असार २, मंगलवार
जनता र लोकतन्त्रको रक्षाको लागी कांग्रेसले आन्दोलन गरिरहेको छ : शाह

जनता र लोकतन्त्रको रक्षाको लागी कांग्रेसले आन्दोलन गरिरहेको छ : शाह

पौष २६, सल्यान । नेपाली कांग्रेसका नेता, पूर्व सांसद तथा शिक्षा राज्य मन्त्री राजेन्द्र बहादुर शाहले जनता र लोकतन्त्रको रक्षाको लागी कांग्रेसले आन्दोलन गरिरहेको बताएका छन ।

संसद विघटन र केपि ओलीको सर्वसत्तावादका विरुद्ध प्रत्येक निर्वाचन क्षेत्रमा बिरोध प्रदर्शन गर्ने नेपाली काङ्ग्रेसको केन्द्रिय कार्यक्रम अनुसार शनिबार सल्यान प्रदेश सभा निर्वाचन क्षेत्र नं (क) को सल्यानको थारमारेमा भएको बिरोध सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।

“जनता र लोकतन्त्रको रक्षाको लागी काङ्ग्रेसले आन्दोलन गरिरहरेको छ । यो आन्दोलनलाई सामान्यरुपमा नलिन सरकारलाई चेतावनी दिन चाहन्छु।” उनले भने – ” केपि सरकार जनताको हक,हितका बिरुद्धमा अगाडि बढिरहेकोले आमजना समुदायको साथ र सहयोग नेपाली कांग्रेसले खोजिरहेको छ ।”

बिरोध सभलाई महासमिति सदस्य एक राज डाँगी, रामचन्द्र केसी, युबा नेता नेत्र वली लगाएत नेताहरूले सम्बोधन गरेका थिए ।