September 23, 2023, Saturday
२०८० आश्विन ६, शनिबार
सल्यानका दस वटै स्थानिय तहमा उम्मेद्वारी दिन्छौं : अध्यक्ष केसी

सल्यानका दस वटै स्थानिय तहमा उम्मेद्वारी दिन्छौं : अध्यक्ष केसी

१५ चैत , सल्यान । नेकपा (एकिकृत समाजवादी) सल्यानका अध्यक्ष्य हरी केसीले आसन्न स्थानिय तहको निर्वाचनमा पार्टीले सल्यानका १० वटै स्थानिय तह र ८३ वटै वडामा उम्मेद्वारी दिने बताएका छन ।

निर्वाचन परिचालन कमिटी घोषणाको लागी मंगलबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन । आफ्नो पार्टी कसैको ईसारा र आडभरोसामा नभई विद्रोह बाट जन्मेको हुनाले सल्यानका १० वटै स्थानिय तह र ८३ वटै वडामा उम्मेद्वारी दिने उनले बताए ।

गठबन्धनको सन्दर्भमा पार्टी केन्द्रको निर्णय आत्मसाथ गर्ने बताउदै उनले आफुहरु आवस्यक्ताको आधारमा बाम लोकतान्त्रीक गठबन्धनको पक्षमा रहेको पनि बताए ।

जिल्लामा पार्टी गठन भएको ८ महिनामा जिल्ला देखी वडा र टोलसम्म १५ हजार ७४३ जना पार्टीका विभिन्न कमिटीमा र युवा, विद्यार्थी, महिला, दलित, पत्रकार लगायत विभिन्न जनवर्गिय संगठनमा ५७३ जना आवद्ध भएको बताउदै अध्यक्ष्य केसीले नेकपा (एस) सवैभन्दा ठुलो पार्टीको रुपमा स्थापित भएको समेत दावि गरेका हुन ।

पार्टी अहिले संगठनात्मक काम भन्दा निर्वाचन परिचालनमा केन्द्रित भएको बताउदै अध्यक्ष्य केसीले पार्टीका केन्द्रिय सदस्य तथा जिल्ला ईञ्चार्जको संयोजकत्वमा हरी केसी उप संयोजक रहेको ५०१ सदस्यीय जिल्ला निर्वाचन परिचालन कमिटी गठन गरेको सार्वजनिक गरेका थिए ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज