June 24, 2024, Monday
२०८१ असार ११, सोमबार
कम्युनिस्टको कार्यशैलीबाट देश बिकास असम्भव छ: प्रबक्ता महत

कम्युनिस्टको कार्यशैलीबाट देश बिकास असम्भव छ: प्रबक्ता महत

६ चैत , सल्यान।
सल्यानको छत्रेश्वरी गाउँपालिकाले धार्मिक पर्यटन प्रवर्द्धनका लागि निर्माण गरिएको शंख पार्क विधिवत रुपमा उद्घाटन गरिएको छ।

आइतबार पुर्व प्रराष्ट्रमन्त्री तथा नेपाली कांग्रेसका प्रवक्ता प्रकाश शरण महतले छत्रेश्वरी गाउँपालिका ६ शंखमुलमा निर्माण गरिएको शंख पार्क उद्घाटन गरेका हुन ।

कार्यक्रममा बोल्दै प्रबक्ता महतले नेपालमा रहेका यस्ता धार्मिक तथा पर्यटकीय स्थलहरुले यथोचित र पर्याप्त प्रचार प्रसार नपाउदा ओझेलमा परेको बताएका छ्न।

मान्छेलाई भौतिक सुख सयल र अमनचयन मात्र नभइ आत्मसन्तुष्टिकोलागि आध्यात्मिक तवरको बिस्तार हुनुपर्ने कुरा पनि उल्लेख गरेका छ्न।

प्रसङ्ग बदल्दै नेता महतले ५० बर्ष सरकारको बागडोर सम्हालने अठोट गरेका कम्युनिस्टहरुले ३ बर्ष नपुग्दै सरकार सन्चालनको साचो काङ्ग्रेसलाई दिएको उल्लेख गरेका छ्न।

उनले भने नेपाल अब कम्युनिस्ट मय हुन्छ कम्तिमा पनि ५० वर्ष नेपालमा कम्युनिस्ट सरकार सञ्चालन हुन्छ भनेर ठुला ठुला कुरा गर्ने कम्युनिस्टहरू ५ वर्ष पनि सरकार सञ्चालन गर्न सकेनन।

जनतालाइ सपनाको चाङ बोकाएर व्यबहारमा माखो नमार्ने कम्युनिस्टबाट जनता आजित भइसकेको र यस्तो किसिमको प्रबृत्तिबाट देशको बिकास असम्भव भएकोपनि दाबी गरेका छ्न।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज