गाउँपालिकाद्वारा कृषकहरुलाइ भैंसी वितरण
२६ फागुन,सल्यान।
सल्यानको त्रिबेणी गाउँपालिकाकाद्वारा कृषकहरुलाई भैँसी वितरण गरिएको छ ।
पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यान र स्थानिय कृषकहरुको लागत साझोदारी अन्तर्गत कार्यालयको ४० लाख रुपैयाँ र स्थानिय कृषकहरुको २३ लाख २६ हजार रुपैँया गरी ६३ लाख २६ हजार रुपैँयाको लागतमा ४० वटा मुर्रा जातका भैँसी खरिद गरि कृषकहरुलाई वितरण गरिएको हो ।
भैँसी र दूधमा जिल्लालाई आत्मनिर्भर बनाउँदै कृषकको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यसहित ब्लकमा भैँसीको स्रोत केन्द्र स्थापना कार्यक्रम अन्र्तगत त्रिबेणी गाउँपालिका वडा नम्बर ४ फलाबाङमा रहेको थर्कोट भैँसीपालन कृषक समुहमा आवद्ध कृषकहरुलाई भैँसी खरिदका लागि अनुदान उपलव्ध गराइएको थियो ।
समुहका अध्यक्ष दिपक कुमार रेग्मीले समुह भित्र रहेका २० जना कृषकहरुलाई भैसी वितरण गरिएको बताउनुभयो ।
जिल्लामा नै भैँसीको स्रोतकेन्द्र स्थापना गर्ने र दूधजन्य पदार्थमा जिल्लालाई आत्मनिर्भर बनाउने उद्धेश्यका साथ भैँसी खरिदमा अनुदान उपलव्ध गराइएको पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानका प्रमुख कपिल प्रसाद उपाध्यायले जानकारी दिनुभयो ।
भैँसी वितरण कार्यक्रममा त्रिबेणि गाउँपालिका ४ का वडाअध्यक्ष छविराज शर्मा, पशु अस्पताल तथा पशु सेवा कार्यालयका लेखापाल प्रेम बहादुर डाँगी, त्रिबेणी गाउँपालिकाको पशु सेवा शाखा प्रमुख बसन्त रावत, समाजसेवी कुल बहादुर भण्डारी लगाएतको सहभागिता रहेको थियो ।
लेखकको सम्वन्धमा