दुर्गेशको दादागिरी पलको पक्षमा बोलेको भन्दै कलाकार बिजय माथी धम्की
१३ फागुन, सल्यान। पल शाह र समिक्षा अधिकारीको काण्डले अहिले सामाजिक सञ्जाल तातिरहेको छ। पल शाहले आफू विरुद्ध लागाएको आरोपको खण्डन गर्दै हिजो आफुमाथि ठुलो षड्यन्त्र रचिएको प्रमाण फेसबुक मार्फत उल्लेख गरेका थिए।
उनले उल्लेख गरेको त्यो प्रमाण (अडियो रेकर्ड ) मा चार जना गायक दुर्गेश थापा , सम्राट चौलागाईं , सरोज ओलि , कृष्ण जोशी समिक्षा अधिकारीले योजना बनाएर पलमाथी षड्यन्त्र रचेको भन्ने कुरा प्रष्ट बुझ्न सकिन्छ।
यसकै विरुद्ध अहिले सामाजिक संजालमा पल शाहको बचाउ गर्दै दुर्गेश थापा विरुद्ध खनिएका छ्न र फेसबुकमा दुर्गेश बिरुद्द थुप्रै गाली गलोज र ट्रोल छ्याप्छ्याप्ती देख्न सकिन्छ।
यसै क्रममा कलाकार बिजय पुनले “पल शाह दाइ र दुर्गेश दाइ एकदम मिल्ने साथि ,यति मिल्ने साथी माथी किन यस्तो षड्यन्त्र रच्नु भएको होला? दुर्गेश दाइलाई पाप लाग्छ।”
भनेर एक मिडियामा बोलेका थिए र उनको टिकटकमा पनि छोटो क्लिप राखेका थिए।
यसै बिषयलाइ लिएर गायक दुर्गेश थापाले कलाकार बिजयलाइ झापड लगाउछु भनेर धम्की दिएका छ्न।
कलाकार बिजयका अनुसार दुर्गेस दाइका विरुद्ध यति मात्र के भनेको थिए उहाँले मेरो नजिककैको दाइ नाता पर्ने सङ्ग फोन गर्दै त्यो बिजयलाइ जहाँ भेट्यो त्यही झापड लगाउछु भन्नू भएछ। लेख्ने काम त लाखौले गरेका छन के सबैलाइ झापड हान्नु हुन्छ?? भन्दै दुर्गेशलाई प्रश्न गरेका छ्न। उनले फेसबुकमा लेखेका छ्न।
यस्तो छ उनको फेसबुक स्टासस
प्रतिकृया दिनुहोस्