April 26, 2024, Friday
२०८१ बैशाख १४, शुक्रबार
पल शाह प्रकरण: ‘पीडित’ नाबालिगले अदालतमा बयान फेरिन्…

पल शाह प्रकरण: ‘पीडित’ नाबालिगले अदालतमा बयान फेरिन्…

४ बैशाख, काठमाडौ।
बलात्कार अभियोगमा थुनामा रहेका अभिनेता पल शाह प्रकरणमा पीडित भनिएकी नाबालिग गायिकाले बयान फेरेकी छन्। जिल्ला अदालत तनहुँ र नवलपुर दुवैको आदेशले पुर्पक्षका लागि थुनामा गएका नाबालिगले ‘होस्टाइल’ हुँदै बयान फेरेकी हुन्।

उनले आफूलाई पलबाट बलात्कार नभएको बताउँदै प्रभाव र दबाबमा परेर त्यस्तो आरोप लगाएको अदालतसमक्ष बताएकाे स्राेतले जनाएकाे छ।

आज (आइतबार) मुद्दा प्रक्रियाको क्रममा अदालतले नाबालिग र नाबालिग पक्षसँग बकपत्र गराउँदा उनले पलले आफूलाई बलात्कार नगरेको, उक्साहटमा जाहेरी दिएको र प्रहरीले आफ्नो बयान भनेर अदालतमा बुझाएको बयान आफ्नो नभएको दाबी गरेकी छिन।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज