October 2, 2023, Monday
२०८० आश्विन १६, मंगलवार
गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत माथी कालोमोसो

गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत माथी कालोमोसो

९ फागुन, प्यूठान। प्युठानको मल्लरानी गाउँपालिकाका अध्यक्ष अमंरध्वज राना र प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण थापालाई स्थानीय विप्लव कार्यकर्ताले कालोमोसो दलेर भागेका छन ।

स्थानिय बिधालयमा बिद्यालयको पठनपाठनका सन्दर्भमा सम्बन्धित सरोकारवालासङ्ग छ्लफल गरिरहेको बेला अकस्मात् केही युवाहरु आएर राना र थापालाइ कालोमोसो दलेर फ्रहार भएका हुन।

‘हामी विद्यालयमा छलफल गरिरहेका थियौँ’,थापाले भने,‘एक्कासी यूवाहरु आएर मोसो दली अभद्र व्यवहार गरेर भागे ।’ थापाका अनुसार स्थानीय गोपीलाल सुनार, होम बहादुर मल्ल सहितको यूवाको समूहले अभद्र व्यवहार गरेका हुन् । घटनास्थलमा प्रहरी पुगेको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताए । 

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज