August 14, 2026, Friday
२०८३ श्रावण ३०, शनिबार
एमसीसी सम्झौता बिरुद्ध सल्यानमा पन्ध्र सय बढी हस्तान्क्षर संकलन

एमसीसी सम्झौता बिरुद्ध सल्यानमा पन्ध्र सय बढी हस्तान्क्षर संकलन

सुचना प्रबिधि विधेएक तथा एम सी सी सम्झौता बिरुद्घ सल्यानमा पन्ध्र सय बढि नागरिकले हस्तान्क्षर गरेका छन ।

नेपालका लागी नेपाली अभियानले शुक्रबार श्रीनगरमा आयोजना गरेको सुचना प्रबिधि विधेएक तथा एम सी सी बिरुद्घको हस्तान्क्षर अभियान कार्यक्रममा पन्ध्र सय बढि हस्तान्क्षर संकलन भएको अभियान्ता हेमराज वलीले बताउनु भएको छ ।

उहाँका अनुसार “एम सी सी देशको हितमा नभएको र सुचना प्रबिधि विधेयकमा राखिएका केहि प्रावधानले अभिव्यक्ती स्वत्रन्त्रता माथी अंकुश लगाउने भएकोले सरकारलाई दवाव दिन हस्तान्क्षर संकलन अभियान संचालन गरिएको हो । ”

यो अभियान भोली ( शनिवार ) सम्म देशभर संचालन हुने र देशभर बाट संकलन भएका हस्तान्क्षरहरू दवाव स्वरुप परराष्ट्र मन्त्रालयमा बुझाउने उहाले बताउनु भएको छ ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज