September 7, 2026, Monday
२०८३ भाद्र २३, मंगलवार
सम्पर्कबिहिन भएको टिकाटिप्पनी भएपछि प्रदेश सांसद बिमला वलीले दिइन यस्तो प्रतिक्रिया

सम्पर्कबिहिन भएको टिकाटिप्पनी भएपछि प्रदेश सांसद बिमला वलीले दिइन यस्तो प्रतिक्रिया

वैशाख २३, तुल्सीपुर । केही दिन अघि मात्रै एमाले परित्याग गरि माओवादी केन्द्रमा प्रवेश गरेकी लुम्बिनी प्रदेशसभा सदस्य बिमला ओलीले आफू घरमै रहेको स्पस्ट पारेकी छिन् । उनलाई गुम्राहमा पारिएको भनि टिकाटिप्पनी आएको अबस्थामा उनले यस्तो प्रतिक्रिया दिएकी हुन् ।

दाङ क्षेत्र नंं. ३(क) बाट उपनिर्वाचनमा निर्वाचित सांसद ओलीले सामाजिक सञ्जालमा लेखेकी छिन्‘ म घरमै छु, कोरोनाको बेला जुलुस निकाल्दै हिड्ने कुरा भएन, खोजी गर्न जरुरी छैन ।’ तत्कालिन सांसद उत्तरकुमार ओलीको गाडी दुर्घटनाबाट मृत्यु भएपछि विमला ओलीलाई उपनिर्वाचनबाट सांसद निर्वाचित गरिएको थियो ।

लुम्बिनी प्रदेश सांसद बिमला वलीको अवस्था सार्वजनिक गर्न माग