June 17, 2026, Wednesday
२०८३ असार ३, बुधबार
पूर्वरानी कोमल शाह आइसियूमा, अवस्था गम्भीर

पूर्वरानी कोमल शाह आइसियूमा, अवस्था गम्भीर

बैशाख १६, काठमाण्डौ । कोरोनाभाइरसको संक्रमण भएर राजधानीको नर्भिक अस्पतालमा भर्ना भएकी पूर्वरानी कोमल शाहको अवस्था बिग्रिएको छ।

उनलाई श्वासप्रश्वासमा समस्या देखिएपछि बुधबारदेखि अस्पतालको आइसियूमा भर्ना गरिएको छ। पूर्वरानी शाहको उपचारमा संलग्न डाक्टर जेपी जैसवालका अनुसार उनलाई धेरै नै अक्सिजन दिनु परेको छ।

‘अस्तिसम्म प्रतिमिनेट २-३ लिटर अक्सिजन दिए पनि हुन्थ्यो। तर उहाँलाई समस्या भएपछि हिजो आइसियूमा राख्यौं। अहिले प्रतिमिनेट १० लिटरसम्म अक्सिजन दिनु परेको छ,’ डाक्टर जैसवालले भने।

कोरोना संक्रमण भएर सोही अस्पतालमा भर्ना भएका पूर्वराजा ज्ञानेन्द्रको अवस्था भने सामान्य रहेको डाक्टर जैसवालले जानकारी दिए।

यसअघि वैशाख ७ गते पूर्वराजपरिवारलाई कोरोना संक्रमण पुष्टि भएको थियो।