December 1, 2023, Friday
२०८० मंसिर १५, शुक्रबार
पूर्वराजा ज्ञानेन्द्र शाह दम्पती अस्पताल भर्ना

पूर्वराजा ज्ञानेन्द्र शाह दम्पती अस्पताल भर्ना

बैशाख ११, काठमाण्डौ । पूर्वराजा ज्ञानेन्द्र शाह दम्पती अस्पताल भर्ना भएका छन् । कोभिड–संक्रमण भइ निर्मल निवासस्थित आइसोलेशनमा रहेका शाह दम्पतीको स्वास्थ्यमा समस्या देखिएपछि राजधानीको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका हुन् ।

पूर्वराजाका संवाद सचिव फणि पाठकले स्वास्थ्यमा समस्या देखिएपछि पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमल शनिबार दिउँसो नर्भिकमा भर्ना भएको बताए ।

वैशाख ७ गते पूर्वराजा दम्पतीमा कोरोना संक्रमण पुष्टि भएको थियो । भारतको हरिद्वार भ्रमणबाट फर्किएपछि कोरोना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको थियो ।