May 7, 2024, Tuesday
२०८१ बैशाख २५, मंगलवार
सल्यानमा नेपालमै ठूलो राशीको गजल पुरस्कारको लागि अक्षयकोष स्थापना

सल्यानमा नेपालमै ठूलो राशीको गजल पुरस्कारको लागि अक्षयकोष स्थापना

नयाँ दृष्टि डेस्क / बैशाख १४, सल्यान । सल्यानको बन्गाड कुपिण्डे नगरपालिका वडा नं. १ सल्यान निवासी एक दम्पतिले आफ्नो छोराको प्रणय सम्झनामा ‘चेतन ‘गजल पुरस्कारको लागि अक्ष्यकोष स्थापना गरेका छन् ।

नेपाली भाषा, कला, साहित्यको उन्नयनका लागि बिगत लामो समय अगाडि देखि जिल्लामा विभिन्न साहित्य गतिविधि गर्दै आएको सल्यान कला साहित्य परिषदका पदाधिकारीहरुको रोहबरमा नेपाली गजलका लागि योगदान र लेखनमा कृयाशिल एक जना गजलकारलाई प्रत्येक बर्ष मनाइने परिषदको वार्षिकोत्सबमा यो पुरस्कार प्रदान गरिनेछ ।


उत्त पुरस्कारको राशि ” ५६ हजार ६ सय ६६ रुपैयाँ” रहेको छ । “साहित्य मनोरञ्जन मात्रै नभएर जीवन दर्शन पनि भएकाले साहित्य नबुझेकाले जीवन नबुझ्ने भन्दै पवित्र मनले अक्ष्यकोषको स्थापना सुरु गरेर परिषदलाई थप जिम्मेवारि सगै उर्जा थपिदिएकोमा उक्त दम्पती प्रती परिषदका अध्यक्ष भरत रोकाय आभार प्रकट गरेका छन ।

परिषदका संस्थापक/लोकेश जलनका अनुसार यो नेपालमा पुरस्कृत गरिने नेपाली गजलको सबै भन्दा ठुलो गजल पुरस्कार राशि हो । नेपाली गजलको ठूलो गजल पुरस्कार राशी सल्यानमा स्थापना र सल्यान कला साहित्य परिषदबाट प्रदान गरिन लागेको हुँदा आफू निकै उत्साहित भएको पनि उनले बताए ।


यो पुरस्कार परिषदको आयोजनामा जेठ दोस्रो हप्ता हुन लागेको सल्यान चौथो गजल महफिलमा सार्वजनिक गरिने योजना भएपनि कोभिडको कारण महफिल पछाडि धकलिएकिए पछि परिषद पदाधिकारीहरुले विभिन्न माध्यमबाट आजै अनौपचारिक जानकारी गराएका थिए ।

परिषदका अनुसार ती दम्पतीको नाम आउदो मंसिरमा हुने वार्षिकोत्सबमा सार्वजनिक गरिने छ !

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज