March 17, 2025, Monday
२०८१ चैत्र ३, सोमबार
काठ्माण्डौको ठमेल बाट हराएको बाइक सल्यानमा फेला पर्यो

काठ्माण्डौको ठमेल बाट हराएको बाइक सल्यानमा फेला पर्यो

चैत २२, सल्यान । काठ्माण्डौको ठमेल बाट हराएको बाइक सल्यानमा फेला परेको छ ।

राती पार्किङ गरेर राखेको अवस्थामा माघ २६ गते ठमेल नर्सिङ् चोकबाट हराएको बागमती प्रदेश-०२-०१९ प ८४०७ नं. को KTM Duke 250 CC को मोटरसाइकल चेकजाँचको क्रममा चैत १३ गते सल्यान जिल्ला बनगाड कुपिण्डे न.पा. वडा नं १, सल्लीबजारमा सल्यान प्रहरीले फेला पारेको हो ।

चैत १३ गते फेला पारेको बाइक आज चैत २२ गते ( आइतबार ) सम्बन्धित मोटरसाइकल धनी न्युरोड, काठमाडौ बस्‍ने जोन खड्कालाई बुझाइएको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ ।

मोटरसाइकल चोरी गर्ने ब्यक्ति फरार रहेको र खोजतलास भैरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता प्रहरी निरीक्षक लक्ष्मण वलीले बताउनु भयो ।