March 17, 2025, Monday
२०८१ चैत्र ३, सोमबार
सल्यानमा १३ वर्षका भाईद्वारा १६ वर्षीया दिदी बला’त्कृत, पेटमा ८ महिनाको गर्भ

सल्यानमा १३ वर्षका भाईद्वारा १६ वर्षीया दिदी बला’त्कृत, पेटमा ८ महिनाको गर्भ

फागुन २९, सल्यान । सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा आफ्नै १६ वर्षीया दिदीलाइ बला’त्कार गरेको आरोपमा १३ वर्षका भाइ पक्राउ परेका छन् ।

गत साउन महिनामा घरमा दुइ दिदी बहिनी र भाइ एउटै कोठामा सुतेको अवस्थामा घटना भएको बुझिएको छ । घटनाबारे कसैलाइ केही जानकारी नदिएकी किशोरीले हाल आएर गर्भवती भएको परिवारले थाहा पाएपछि घटना बाहिर आएको हो ।

 

 

 

उनको पेटमा ८ महिनाको गर्भ रहेको खुल्न आएको छ । घटना बाहिरिएपछि पीडित पक्षले फागुन २६ गते जिल्ला प्रहरी कार्यालय सल्यानमा जाहेरी दिएका छन् । जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता लक्ष्मण वलीले जानकारी दिए ।

प्रहरीले बलात्कार आरोपित बालकलाइ २६ फागुनमा नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको रहेको जनाएको छ । उनीहरूको घरमा चार भाइ बहिनी सहति ६ जना रहेको छन ।