March 16, 2025, Sunday
२०८१ चैत्र ३, सोमबार
लान्तीमा ४५० घरधुरी लाभान्वित हुने खानेपानी आयोजना सिलान्यास

लान्तीमा ४५० घरधुरी लाभान्वित हुने खानेपानी आयोजना सिलान्यास

फागुन ११, सल्यान । सल्यानको लान्तिमा लिफ्ट खानेपानी आयोजनाको सिलान्यास गरिएको छ। छत्रेश्वरि गाउँपालिकाको वडा नम्बर -६ स्थित बुरेली ज्युला लान्तिमा मंगलबार आयोजनाको सिलान्यास गरिएको हो।

गाउँपालिका अध्यक्ष सन्तोष केसिले आयोजनाको सिलान्यास गरेका छ्न । नाउला, गोदे, भोटेचौर, लान्ती लगाएतका क्षेत्रलाई मध्यनजर गर्दै खानेपानी आयोजनाको काम सुरुवात गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत गोबिन्द बिष्टले बताए।

गाउँपालिकाको चालू आर्थिक बर्ष २०७७/०७८ को बजेट बाट आयोजनाको काम सुरु गरेको हो। उक्त आयोजना निर्माणको ठेक्का मस्ट जेबिडी कन्ट्रक्सन एन्ड इन्जिनियरिङ प्राली काठमान्डौले लगेको छ। आउदो असार सम्म काम सक्ने गरि भ्याट सहित १ करोड २१ लाख २५ हजार ४ सय ५५ पैसामा प्रालिले कामको जिम्मा लगेको गाउँपालिका अध्यक्ष सन्तोष केसिले बताएका छ्न।

यस क्षेत्रमा खानेपानीको चरम संकट भैरहने हुनाले आयोजनाको काम सुरु गर्न लागेको अध्यक्ष केसिले बताउछ्न । आउदो असार सम्म खानेपानी आयोजनाको काम सम्पन्न हुने र स्थानियका घरघरमा पानीका धारा पुग्ने उनले बताए।

उक्त खानेपानी आयोजनाबाट ४ सय ५० घरधुरी लाभान्वित हुनेछ्न । पहिलो चरणमा करिब ४ सय ५० घरधुरी लाभान्वित हुने र बिस्तारै त्यो संख्या बढ्ने वडा अध्यक्ष चुडामणि दसैदिले बताए। आबस्यकता अनुसार अन्य टोलहरुमापनि खानेपानी पुर्याउने लक्ष्य रहेको उनले बताएका छ्न।

आयोजनाका ३ वटा टंकि निर्माण हुने छ्न। १ लाख, ५० हजार र ५ हजारको गरि ३ वटा टंकि निर्माण हुने निर्माण प्रालिका प्राबिधिक हरुले बताएका छ्न। गाउँपालिका सङ निर्माण सम्पन्नको लागि सम्झौता गरिएको मिति भन्दा अगाडिनै काम सम्पन्न गरिने निर्माण प्रालिले बताएको छ। खानेपानी भने जमिन मुनि बोरिङ गरेर निकालिने छ। जमिन मुनि १ सय ५० मिटर तल बोरिङका पाईप गाडिने बताएको छ।

गर्मी सिजनमा खानेपानीको चरम संकट भोग्दै आएका उक्त स्थानका बासिन्दा हरु आयोजनाको निर्माणको काम सुरु भएको भन्दै खुशी भएका छ्न। हामिलाई गर्मी लगाएतका सिजनमा खानेपानी नहुदा निकै समस्या हुने गर्थो” अब यो खानेपानी निर्माण हुन लागेको छ; हामी अत्यन्तै खुशी छौ” स्थानियले भने,।

खानेपानी सिलान्यास कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सीता केसि, वडा सदस्य मित्रलाल सार्की, गाउँपालिकाका नायब सुब्बा खेमराज बुढाथोकी, सब इन्जिनियर प्रदिप चन्द, सन्दिप शर्मा, स्थानियबासी लगाएतको उपस्थित रहेको थियो।

स्रोत : तिखोखबर